काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ भएको छ। सुनुवाइ नसकिएकाले कुनै निर्णय भने भएन।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १० माघमा दायर गरेको रिटमा आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा मुद्दाको सुनुवाइ भएको हो। आज त्रिपाठीसहित बाबुराम गिरी, ओम अर्याल, राजु चापागाईं र सुनिल पोखरेलले बहस गरेका थिए।
त्रिपाठीका अनुसार मुद्दाको सुनुवाइ भोलि पनि हुनेछ। उनले भोलि प्रारम्भिक आदेश आउन सक्ने देखापढीलाई बताए।
रिटमा नेकपाका नेता सापकोटालाई सभामुखमा निर्वाचन नगर्न माग गरिएको थियो।
निवेदनमा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने एवं प्रतिनिधि सभा पूर्णरूपमा अमर्यादित हुने भई अपूरणीय क्षति पुग्ने जिकिर गर्दै निवेदनको अन्तिम टुंगो नलागेसम्म निजलाई कार्य नगर्न, नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
तर, सापकोटा १२ माघमा निर्वाचन प्रक्रिया पूरा गरी सभामुखमा निर्वाचित भइसकेका छन्।
सापकोटाविरुद्धको मुद्दाको पेशी १२ माघमा नै तोकिएपनि ‘हेर्न नमिल्ने सूची’मा राखिएको थियो। १२ माघमा न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा मुद्दाको पेशी तोकिएको थियो।
फुँयालले सर्वोच्च अदालतको न्यायाधीश हुनुअघि सापकोटाविरुद्धकै अर्को मुद्दामा कानून व्यवसायीको हैसियतले बहस गरेको हुनाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको थियो।
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाइ भएको छ। सुनुवाइ नसकिएकाले कुनै निर्णय भने भएन।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले १० माघमा दायर गरेको रिटमा आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा मुद्दाको सुनुवाइ भएको हो। आज त्रिपाठीसहित बाबुराम गिरी, ओम अर्याल, राजु चापागाईं र सुनिल पोखरेलले बहस गरेका थिए।

">