समानताको पूरै लडाइँ जित्‍न बाँकी छः दाहाल <p>काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन गरेर जातीय मुक्तिको आन्दोलनमा अगाडि बढ्ने बताएका छन्।</p> <p>आदिवासी जनजाति महासंघको शपथ ग्रहण कार्यक्रममा उनले उत्पीडित वर्ग, जाति र समुदायहरू अझै पनि पूर्णरूपले मुक्त नसकेको बताए। &ldquo;जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन गरेर भए पनि अगाडि बढ्छौं&rdquo;, दाहालले भने, &ldquo;साम्राज्यवाद र सामन्तवाद विरुद्धको लडाइँ जितेको भए पनि अझै समानताको पूरै लडाइँ जित्न बाँकी छ।&rdquo;</p> <p>यसका लागि मिहिनेत गरी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने उनले बताए। सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कायम गर्न नसकिने दाहालको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्