काठमाडौं। नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन अध्यागमन विभागले ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भाैतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाको उद्घाटन गरे।
नेपालको मुख्य प्रवेशविन्दु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित र भरपर्दाे बनाउन तयार पारिएको नेपाली पोर्ट सफ्टवयर एवं अत्याधुनिक पूर्वाधारसहितको अध्यागमन सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले हरेक दिन नयाँ कदम चालिरहेको समेत बताए। त्यही क्रममा नेपाली पोर्ट सञ्चालनमा ल्याएको उनको भनाइ छ।
“आर्थिक, सामाजिक र प्राविधिक विकासमा सरकार अगाडि बढिरहेको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको शीर उँचो राख्दै विकासको काम भइरहेका छन्”, प्रधानमन्त्री ओलीले भने, “भारत र चीनको बीचमा बसेर विश्वस्तरीय पूर्वाधार बनाउन लागि परहेका छौं।”
“मानव बेचविखन, लागूपदार्थ ओसारप्रसार पूर्ण रूपमा रोक्न नेपाल सरकार तयार छ। नक्कली कागजात पत्ता लगाउने ल्याब स्थापनाले अध्यागमनलाई थप प्रविधिमय बनाएको छ। सबै सीमा नाकामा एकैसाथ यो प्रविधि लागू हुनु गर्वको विषय हो।”
पुरानो र विदेशी प्रविधि हटाएर नेपालको पूर्ण स्वामित्व हुने प्रविधि लागू गरिएको प्रधानमन्त्रीले बताए। “यस प्रणालीको विकास छोटो समयमा किफायती ढङ्गबाट काम भएको छ। पाँच करोड लाग्छ भनेकोमा ८० लाख खर्च गरेका छौं। र, दुई वर्ष लाग्छ भनेकोमा एक वर्समा काम सकेका छौं। डिजिटल नेपाल बनाउन यसले महत्वपूर्ण भूमिका खेल्छ”, प्रधानमन्त्रीले भने।
भारत र चीनको अर्थतन्त्रमा लिंक भएर २१०० सम्म मध्यम आय भएको राष्ट्र बन्ने योजना रहेको सुनाउँदै प्रधानमन्त्रीले त्यस्का लागि जलमार्ग प्रयोगदेखि सडक सञ्जाल र रेलमार्ग निर्माणमा सरकारले ध्यान दिएको उल्लेख गरे।
“मानव बेचविखन, लागूपदार्थ ओसारप्रसार पूर्ण रूपमा रोक्न नेपाल सरकार तयार छ। नक्कली कागजात पत्ता लगाउने ल्याब स्थापनाले अध्यागमनलाई थप प्रविधिमय बनाएको छ। सबै सीमा नाकामा एकैसाथ यो प्रविधि लागू हुनु गर्वको विषय हो” उनले भने।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्वव्यापी रूपमा प्रविधिमा भएको विकासले सुरक्षामा ठूलो सहयोग गरेको उल्लेख गरे। सबै नागरिकहरूलाई सुरक्षा पहुँचमा आवद्द गर्न नेपाली पोर्टले सहयोग गर्ने उनको भनाइ छ।
नेपाली पोर्ट सञ्चालनमा ल्याउँदै गर्दा विदेशी चासो र दबाब आएको अध्यागमन विभागले जनाएको छ।
“अपराधीहरूले हाम्रो नाकालाई प्रयोग गर्न सक्ने भएकाले अत्याधुनिक सुरक्षा सेवा सञ्चालनमा ल्याएका छौं। यो प्रणाली सबै सीमा नाकामा एकै पटक शुरू भएको छ। पर्यटन उद्योगलाई थप व्यवस्थित गर्ने, सुन तस्करी, मानव तस्करी रोक्न यो प्रविधिले रोक लगाउनेछ”, गृहमन्त्री थापाले भने।
नेपाली पोर्ट सञ्चालनमा ल्याउँदै गर्दा विदेशी चासो र दबाब आएको अध्यागमन विभागले जनाएको छ। दुई वर्ष समय र पाँच करोड रूपैयाँ लाग्ने अनुमान गरिएपनि एक वर्षमै ८० लाख रूपैयाँमा काम पूरा गरेको विभागले जनाएको छ।
यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र १२ नाकामा लागू गरिने विभागले जनाएको छ। यसका लागि २२ करोड बजेट विनियोजन गरिएकोमा १६ करोड मात्र खर्च भएको छ।
“अब सर्भर डाउन हुने दिन सकियो। विगतमा पर्यटक सिधै ठमेलमा जान्थे, अब त्यो दिन पनि सकियो”, विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, “विभिन्न सुधार आएसँगै यस वर्ष थप एक अर्ब राजस्व उठ्छ।”