काठमाडौं। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ। समितिको बैठकमा सहमति जुटेसँगै विधेयक प्रतिवेदन पारित भएको हो।
विधेयकमा पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने उल्लेख गरिएको छ। “आज विधायन समितिमा छलफल भएर विधेयकको प्रतिवेदन पास भएको छ”, विधायन व्यवस्थापन समिति सदस्य वृषेशचन्द्र लालले भने, “तर हाम्रो असहमति पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेमा थियो। काउन्सिलको काम आचारसंहिता कार्यान्वयन गराउने भएकाले लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान हटाउन माग गरे पनि उहाँहरू मान्नु भएन।”
नयाँ पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने भए पनि हाल कार्यरतका हकमा भने त्यो लागू हुने छैन।
त्यस्तै अब कुनै पनि मिडियामा आचारसंहिता विपरीतका सामग्री प्रकाशन भएमा त्यसमाथि छानबिन गरी कारबाही गर्ने जिम्मेवारी काउन्सिलबाट अदालतमा सरेको छ।
नेपाल सरकारले नियुक्त गर्ने काउन्सिलको अध्यक्ष सिफारिस गर्नका लागि संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति बन्ने व्यवस्था विधेयकमा थियो। उक्त व्यवस्थालाई सच्याउँदै उच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीशको नेतृत्वमा सिफारिस समिति बन्ने व्यवस्था गरिएको छ।
" /> काठमाडौं। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट मिडिया काउन्सिल विधेयक पारित भएको छ। समितिको बैठकमा सहमति जुटेसँगै विधेयक प्रतिवेदन पारित भएको हो।विधेयकमा पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने उल्लेख गरिएको छ। “आज विधायन समितिमा छलफल भएर विधेयकको प्रतिवेदन पास भएको छ”, विधायन व्यवस्थापन समिति सदस्य वृषेशचन्द्र लालले भने, “तर हाम्रो असहमति पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्नेमा थियो। काउन्सिलको काम आचारसंहिता कार्यान्वयन गराउने भएकाले लाइसेन्स परीक्षा दिनुपर्ने प्रावधान हटाउन माग गरे पनि उहाँहरू मान्नु भएन।”

">