काठमाडौं। नेपाल आउने र बाहिरिने विदेशीहरूबारे सही जानकारी राख्न र नेपालमा उनीहरूको बसाइँलाई अनुगमन गर्न भन्दै अध्यागमन विभागले आजदेखि ‘नेपाली पोर्ट’ सञ्चालनमा ल्याएको छ।
गृहमन्त्रालय अन्तर्गतको विभागले शुरू गरेको बायोमेट्रिक प्रणालीसहितको नेपाली पोर्टले नेपाल आउने र फर्कने विदेशीहरूको बायोमेट्रिक सूचना अध्यागमन प्रणालीमा राख्नेछ।
कूल पाँच करोड लाग्ने अनुमान गरिए पनि नेपाली पोर्ट जम्मा ८० लाख रूपैयाँको लागतमा नेपाली प्राविधिकले एक वर्षको अवधिमा तयार पारेका हुन्। नेपाली पोर्ट सञ्चालनमा आएसँगै यसअघि अध्यागमनमा सञ्चालनमा रहेको अमेरिकी प्रविधिको सफ्टवेर स्वत हट्नेछ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पोर्टको उद्घाटन गरेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नेपालका १२ वटा अन्तर्राष्ट्रिय नाकामा सञ्चालनमा आइसकेको छ।
नेपाली पोर्ट अध्यागमन कार्यालयहरूमा लागू भएसँगै नेपाल आउने र बाहिरिने विदेशी नागरिकको तस्वीर र हस्तरेखा संकलन हुने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। यसका साथै, यसले यात्रुको आँखाको नानी पढ्ने र त्यसको सूचना संकलनसमेत गर्ने उनको भनाइ छ, जसका कारण कागजात र व्यक्तिको सही पहिचान गर्न सकिनेछ।
नयाँ प्रणालीमा राहदानी, श्रम स्वीकृति तथा इन्टरपोलबाट जारी हुने सूचनाहरू एकैपटक हेर्न सकिनेछ। विदेशस्थित नियोगहरूले पनि यसै प्रणालीबाट भिसा जारी गर्नेछन्, जसबाट नेपालको भिसा दुरूपयोग तथा राजश्व चुहावट रोकिने बताइएको छ। भिसा आवेदन अनलाइनमार्फत् गर्न मिल्ने गरी मोबाइल एप्लिकेशन विकास गरिएको छ।

नेपाल बस्ने विदेशी नागरिकको नेपाल बसाइँको अनुगमन गर्ने र आन्तरिक बसाइँको ट्र्याकिङ गर्न छुट्टै मोड्यूलको विकास र भिसा दस्तुर अनलाइनमार्फत् तिर्न सकिने व्यवस्था मिलाइएको महानिर्देशक पौडेलको भनाइ छ।
अध्यागमन सम्बद्ध डाटाको सुरक्षाको लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा अत्याधुनिक उपकरणसहितको डाटा सेन्टर स्थापना गरिएको छ। यस्तै, दोस्रो तहको सुरक्षाको लागि हेटौंडामा रहेको डिस्यास्टर रिकभरी सेन्टरमा समेत डाटा सेन्टर स्थापना गर्ने सरकारी योजना छ।
यसका साथै शंकास्पद कागजातको पहिचानका लागि अत्याधुनिक उपकरणसहितको ‘फर्जरी डिटेक्सन ल्याब’ स्थापनासमेत गरिएको छ।
" /> काठमाडौं। नेपाल आउने र बाहिरिने विदेशीहरूबारे सही जानकारी राख्न र नेपालमा उनीहरूको बसाइँलाई अनुगमन गर्न भन्दै अध्यागमन विभागले आजदेखि ‘नेपाली पोर्ट’ सञ्चालनमा ल्याएको छ।गृहमन्त्रालय अन्तर्गतको विभागले शुरू गरेको बायोमेट्रिक प्रणालीसहितको नेपाली पोर्टले नेपाल आउने र फर्कने विदेशीहरूको बायोमेट्रिक सूचना अध्यागमन प्रणालीमा राख्नेछ।

">