काठमाडौं। त्रिवि शिक्षण अस्पतालले आज ६ जना बालबालिकालाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा रिफर ग¥यो। केही दिनअघि चीनबाट आएका नागरिकहरूसँग सम्पर्कमा आएका ती बालबालिकालाई रुघाखोकी र ज्वरो आएपछि त्यहाँ रिफर गरिएको थियो।

उनीहरूलाई कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने जोखिम शंका गरेर त्यसरी रिफर गरिएको थियो। शुक्रराज ट्रपिकल सेन्टर रिफर अन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरू नमुना संकलन गरिएको छ। नमुना संकलनका क्रममा ज्वरो नआएकाले आइहाले सम्पर्कमा आउन भन्दै घर पठाइयो।

ती बालबालिका जस्तै अहिले ट्रपिकल सेन्टरमा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने शंका गरेर परीक्षणका लागि आउने बिरामीको संख्या बढेको छ।

जनमानसमा सन्त्रास बढे पनि स्थिति डराइहाल्नुपर्ने नभएको चिकित्सकहरूले बताएका छन्।

सरकारले भने कोरोना भाइरसको संक्रमणसँग जुध्न आवश्यक तयारी थालिसकेको छ।

कोरोना संक्रमण परीक्षण गर्न एउटै व्यक्तिका लागि २५ हजार भन्दा बढी लाग्ने र परीक्षण गर्ने व्यक्ति पनि अत्यन्त सावधान हुनुपर्ने हुन्छ। परीक्षण शुरू गरेको २४ घण्टाभित्रमा रिपोर्ट आउने निर्देशक डा. झाले बताइन्।

आजैबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै कोरोना भाइरसको परीक्षण शुरू भएको छ। प्रयोगशालाकी निर्देशक डा. रुना झाले आजदेखि कोरोना भाइरसको जाँच शुरू गरिएको जानकारी दिइन्।

कोरोना भाइरसको संक्रमण जाँच्न आवश्यक पर्ने किट नेपालमै आइसकेकाले परीक्षण सम्भव भएको डा. झाले बताइन्।

“इबोला, स्वाइन फ्लू जस्ता रोगको परीक्षण पहिलादेखि नै भइरहेको थियो। तर, कोरोला नयाँ पत्ता लागेको रोग भएकाले त्यही प्रयोगशालामा नयाँ किट प्रयोग गरेर परीक्षण गरिरहेका छौं”, उनले भनिन्।

अत्यन्तै खर्चिलो तथा विशेष सावधानिका साथ त्यसको जाँच गर्नुपर्ने उनले बताइन्।

कस्तो अवस्थामा परीक्षण ?
रुघाखोकी लाग्नासाथ कोरोनाको संक्रमण भयो कि भनेर डराइहाल्नुनपर्ने भएकाले संक्रमण हुने सम्भावना हेरेर मात्र परीक्षण गरिने डा. झाले बताइन्।

“संक्रमण छ वा छैन भनेर सबैभन्दा पहिला चीनबाट वा कोरोनाको संक्रमण भएका क्षेत्रबाट आएको हो वा होइन भन्ने हेरिन्छ। त्यसको आधारमा मात्र हामीले कोरोनाको संक्रमणबारे जाँच गर्छौं”, डा. झाले भनिन्।

के–के तयारी भइरहेको छ ?
ट्रपिकल सेन्टरले परीक्षण मात्र नभई उपचारका लागि पनि विशेष तयारी गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई २४ घण्टा नै खुला गरिएको छ। प्रयोगशालाको सम्पर्कमा आउने बिरामीमा कोरोना भाइरसको संक्रमण परीक्षण तत्कालै गरिन्छ। त्यस्तै अन्य अस्पतालले रिफर गरेका बिरामीलाई ट्रपिकल सेन्टरको सिफारिसमा प्रयोगशालाले परीक्षण गर्छ।

कोरोना संक्रमणबाट जोगिनकै लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको छ। विमानस्थलमा कार्यरत कर्मचारीमा संक्रमण नहोस् भनेर पर्याप्त स्वास्थ्य सावधानी अपनाइएको छ।

विमानस्थलका सम्पूर्ण कर्मचारीलाई मास्क, पन्जालगायत सुरक्षात्मक सामाग्री उपलब्ध गराइएको छ। कोरोना प्रभावित देशबाट आएका पर्यटक तथा नेपालीहरूको स्वास्थ्य परीक्षण भइरहेको हेल्प डेस्कले जनाएको छ।

चीनले रडारले परीक्षण गर्दै उच्च ज्वरो आएमा आफ्ना नागरिकहरूलाई नेपाल प्रवेशमा रोक लगाएको छ। नेपालले पनि तत्काल थर्मोमिटरकै प्रयोग गरेर ज्वरो मापन गर्ने काम भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले देखापढीलाई जानकारी दिए।

संक्रमण देशभित्र आउन नपाओस् भनेर भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई विमानस्थलमा अलग्गै ‘पार्किङ’को व्यवस्था मिलाइएको छ। विशेषगरी चीनबाट आउने विमानका लागि छुट्टै पार्किङको व्यवस्था गरिएको विमानस्थल स्रोतले जनाएको छ।

त्यस्तै पर्यटकहरूको बढी चाप हुने लुम्बिनी, पशुपति, ठमेल र सौराहलगायत क्षेत्रमा सचेतनात्मक ब्यानर टाँस्न शुरू गरिएको छ।

सातै प्रदेशका विभिन्न अस्पतालमा कोरोना भाइरसको उपचार गर्ने व्यवस्थाका लागि आवश्यक तयारी भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा तोकिएका अस्पताल बाहेक सातै प्रदेशका प्रादेशिक अस्पतालमा समेत उपचारको व्यवस्था मिलाइन लागिएको हो।

विमानस्थलमा मात्र नभई चिनियाँ पर्यटकको आवतजावत हुने उत्तरी छिमेकी रसुवागढी नाकामा पनि नेपाल र चीन दुवैतर्फ हेल्प डेस्क स्थापना गरिएको छ। चीनले कोरोना भाइरसको संक्रमण शुरू भएपछि हेल्प डेस्क स्थापना गरेको हो। नेपालले पहिला नै स्थापना गरिएको हेल्प डेस्कलाई कोरोना भाइरस हेर्ने गरी विकास गरेको छ।

कसरी गरिन्छ परीक्षण ?
कोरोना भाइरस संक्रमण भए/नभएको अनुमान गर्न सबैभन्दा पहिला ज्वरो नापिन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका डा. महेश अधिकारीका अनुसार रुघाखोकीसँगै उच्च ज्वरो आएको बिरामीलाई कोरोनाको संक्रमण हुनसक्ने अनुमान गर्न सकिन्छ। त्यसपछि मात्रै प्रयोगशालामा परीक्षणका लागि पठाइन्छ।

कोरोनाको परीक्षण गर्न विशेष किसिमको उपकरण हुन्छ। त्यो उपकरण निधारमा लगाइन्छ र उच्च ज्वरो देखिएमा कोरोनाको सम्भावना हुनसक्ने अनुमान गरिन्छ।

चिकित्सकहरूले संक्रमण भयावह नभएकाले आत्तिहाल्नुनपर्ने बताएका छन्। डा. अधिकारी भन्छन्, “रुघाखोकी लाग्दैमा वा ज्वरो आउँदैमा डराउनु पर्दैन। सतर्कता भने अपनाउनै पर्छ।”

" /> काठमाडौं। त्रिवि शिक्षण अस्पतालले आज ६ जना बालबालिकालाई टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा रिफर ग¥यो। केही दिनअघि चीनबाट आएका नागरिकहरूसँग सम्पर्कमा आएका ती बालबालिकालाई रुघाखोकी र ज्वरो आएपछि त्यहाँ रिफर गरिएको थियो।

"> कोरोना भाइरस नियन्त्रण गर्न नेपालले के गर्दैछ ? (भिडिओसहित): Dekhapadhi
कोरोना भाइरस नियन्त्रण गर्न नेपालले के गर्दैछ ? (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्