प्रदेश १ को हिउँदे अधिवेशन २३ माघबाट
<p>विराटनगर। प्रदेश १ को हिउँदे अधिवेशन २३ माघबाट शुरू हुने भएको छ।</p>
<p>प्रदेश १ सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।</p>
<p>बैठकले पाँचवटा विधेयक सदनमा पेश गर्न अनुमति दिएको छ। यस्तै बैठकले मुख्यमन्त्री शेरधन राईको जनसम्पर्क सल्लाहकारमा रामकुमार बस्नेतलाई नियुक्त गरेको छ।</p>
<p>त्यस्तै मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वसहसचिव महेन्द्र गुरुङ, आईटी विज्ञमा किशाेर सुवेदी र प्रदेश लगानी बोर्डमा डा. सरोज कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले बताए।</p>
प्रतिक्रिया दिनुहोस्