काठमाडौं। अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९४६ रोपनी सात आना जग्गा सरकारले फिर्ता ल्याएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार ती जग्गा फिर्ता ल्याइएको बताइन्।
उनले भनिन्, “अनधिकृत रूपमा व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा ती जग्गा फिर्ता ल्याइएको हो।”
हदबन्दीभन्दा बढी भेटिएको जग्गा पनि रोक्का गरिएको छ।
मन्त्री अर्यालले सरकारी, सार्वजनिक र गुठीबाहेक १३ लाख ३३ हजार ७८३ वर्गमिटर जग्गा शंकास्पद देखिएकाले त्यस्ता जग्गाको कारोबार रोक्का गरिएको जानकारी दिएकी छन्।
२६ हजार १७६ हेक्टर जमिनको पुनः नापी, गाउँ ब्लक नापी र विशेष नापी गरिएको आजको गोरखापत्रमा समाचार छ।
“हामीकहाँ थुप्रै जमिन विभिन्न नाममा दोहन भएका छन्। जाँचबुझ आयोगको प्रतिवेदनअनुसार ३४८ बिघा जमिन अस्पष्ट र दोहोरो स्रेस्ताको रहेकाले लगत कट्टा गरी कारबाही प्रक्रिया अगाडि बढाइने छ", मन्त्री अर्यालले भनिन्।
" /> काठमाडौं। अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९४६ रोपनी सात आना जग्गा सरकारले फिर्ता ल्याएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार ती जग्गा फिर्ता ल्याइएको बताइन्।

">