काठमाडौं।मापदण्डमा तोकिएकोभन्दा बढी माटो मिसाएर सिमेन्ट उत्पादन गरेको आरोपमा घोराही सिमेन्ट उद्योगको उत्पादनमा रोक लगाइएको छ। घोराही सिमेन्टले सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।
नेपाल नापतौल तथा गुणस्तर विभागले तीन महीनाका लागि घोराही सिमेन्टले गम्भिर लापरबाही गरेको पाइए पछि उत्पादन रोक लगाएको विभागका एक उच्च अधिकारीले देखापढीलाई बताए।
“घोराही ओपीसी सिमेन्टको संकलीत नमुना परीक्षण गर्दा आइआर (इन्स्लोबल रेसिड्यू)को मात्रा १३ प्रतिशतभन्दा बढी पाइयो। त्यसैले कारबाही स्वरुप उत्पादनमा रोक लगाएको हो”, ती अधिकारीले भने।
एउटा सिमेन्टको बोरामा बढीमा दुई प्रतिशतसम्मको आइआरको मात्र राख्न पाइन्छ। दुई प्रतिशतभन्दा बढी माटो मिसाइएको पाइएमा नेपाल गुणस्तर नियमावली २०४० अनुसार कारबाही हुन्छ।
विभागले दिएको जानकारी अनुसार घोराहीले उत्पादन गरेको सगरमाथा सिमेन्टमा पीपीसीमा फ्लायर्स (सिमेन्ट उत्पादन गर्दा प्रयोग गरिने एक प्रकारको कच्चा पदार्थ) हालेर ओपीसीको मूल्यमा उपभोक्तालाई बेच्दै आएको थियो।
गत साउनमा बर्दीयामा पु¥याइएको सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय बर्दीयाको आग्रहमा जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा नापतौल विभागका अधिकारीले सिमेन्टको गुणस्तर परीक्षणका लागि नमूना संकलन गरेका थिए।
घोराहीले मापदण्डभन्दा बढी माटो मिसाएर उत्पादन गरेको सिमेन्ट गाउँमा पठाउँदै आएको थियो। कुल उत्पादित सिमेन्टमध्ये झण्डै ७५ प्रतिशत सिमेन्ट गाउँमा तथा २५ प्रतिशतमात्र सहरमा पठाउँदै आएको खुलेपछि विभागले अनुसन्धान सुरु गरेको थियो।
" /> काठमाडौं।मापदण्डमा तोकिएकोभन्दा बढी माटो मिसाएर सिमेन्ट उत्पादन गरेको आरोपमा घोराही सिमेन्ट उद्योगको उत्पादनमा रोक लगाइएको छ। घोराही सिमेन्टले सगरमाथा ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।नेपाल नापतौल तथा गुणस्तर विभागले तीन महीनाका लागि घोराही सिमेन्टले गम्भिर लापरबाही गरेको पाइए पछि उत्पादन रोक लगाएको विभागका एक उच्च अधिकारीले देखापढीलाई बताए।

">