काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।
प्रधानमन्त्री ओलीले सम्बोधन गरेलगत्तै देउवा प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिन रोष्ट्रममा उपस्थित भएका थिए।
“भर्खरै प्रधानमन्त्रीज्यूले लोकतन्त्रको कुरा गर्नुभो, मलाई खुशी लाग्यो”, देउवाले भने, “तर, मेरो आग्रह छ- लोकतान्त्रिक मूल्यमान्यता विपरितका प्रावधान राखिएका विधेयक फिर्ता गर्नुस्।”
कांग्रेस सभापति देउवाले सत्ता पक्षका सांसदहरूलाई त्यसका निम्ति निर्देशन दिनसमेत प्रधानमन्त्रीलाई आग्रह गरे। उनले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता तत्काल अनुमोदन हुनुपर्ने धारणासमेत राखे।
“एमसीसी धेरै अगाडिदेखिको हो। यसबाट नेपाललाई धेरै ठूलो सहयोग मिलेको छ। अमेरिकाबाट यति ठूलो सहयोग यसअघि कहिल्यै आएको छैन। अमेरिकी राजदूतले यसबारे प्रष्ट पारिसकेपछि र चीनका राजदूतले पनि नेपालले आफूले निर्णय गर्न सक्ने बताइसकेपछि पनि यसमा कसले आपत्ति जनाइरहेको छ ?”, देउवाको प्रश्न थियो।
देउवाले सभामुख सापकोटालाई बधाई दिदैं संसदमा विपक्षीलाई विश्वासमा लिएर काम गर्न आग्रह समेत गरेका छन्।
“संसद भनेको प्रतिपक्षको हो भन्ने मान्यता रहेको छ। हामी सत्तामा हुँदा पनि तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले संसद प्रतिपक्षको हो भनेर स्थापित गर्नुभएको थियो। तपाईंले पनि त्यही भूमिका निर्वाह गर्नुहुनेछ भन्ने विश्वास गरेका छौं”, देउवाले भने।
सभामुख निष्पक्ष र तटस्थ पद भएकाले सोहीअनुसारको व्यवहार गर्न देउवाले अनुरोध गरे।
संसदमा नागरिक स्वतन्त्रता संकुचित गर्ने खालका विधेयक दर्ता भएको र त्यसलाई पारित गर्न नदिन पनि सभामुखको भूमिका हुनुपर्ने उनले बताए। देउवाले भने, “केही प्रतिकुल विधेयकहरू संसदमा आएका छन्। त्यसमा हाम्रो निरन्तर विरोध छ। नागरिक अधिकारमा प्रतिकुल प्रभाव पार्ने विधेयक पारित गर्नु हुँदैन।”
प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएपछि सापकोटाले आज पहिलो पटक बैठक सञ्चालन गरेका हुन्।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।

">