आस्क मीको अनलाइन जब फेयर हुँदै, मोबाइलबाटै जागिर खोज्न सकिने
काठमाडौं। आस्क मी म्यानेजमेन्टले १५–१६ माघमा नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ।
इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्क मी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको हो।
कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्क मी म्यानेजमेण्टले जनाएको छ।
नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसी–बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्क मी म्यानेजमेण्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताइन्।
प्रतिक्रिया दिनुहोस्