कैलाली। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टीकापुर घटना ‘राजनीतिक घटना’ भएको बताएका छन्।
टीकापुरमा आजबाट शुरू भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको ११औं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
“७ भदौ २०७२ मा भएको टीकापुर घटना राजनीतिक घटना हो, सो घटनामा केही तत्वले आफ्नो स्वार्थका लागि खेलेको हुन सक्छ”, उनले भने, “सरकार पीडित परिवारको भावनाप्रति सधैँ संवेदनशील छ।”
कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एसएसपीसहित नेपाल प्रहरीका पाँच, सशस्त्र प्रहरीका दुई र एक बालक गरी आठजनाको मृत्यु भएको थियो।
त्यस्तै मन्त्री भट्टराईले हाल बन्द अवस्थामा रहेको टीकापुर विमानस्थल सञ्चालनका लागि सरकार तयार रहेको बताएका छन्। यसको अध्ययनका लागि तत्काल प्राविधिक टोली पठाउने उनले प्रतिबद्धता जनाए।
" /> कैलाली। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टीकापुर घटना ‘राजनीतिक घटना’ भएको बताएका छन्।टीकापुरमा आजबाट शुरू भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सवको ११औं संस्करणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

">