काठमाडौं। काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षाविनै एमबीबीएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया शुरू गरेको छ।
चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनुपर्ने निर्णय गरे पनि काठमाडौं विश्वविद्यालयले पहिलेदेखि गर्दै आएको गलत अभ्यासअनुसार नै विदेशी विद्यार्थी भर्ना प्रक्रिया शुरू गर्न निजी मेडिकल कलेजलाई परिपत्र गरेको हो।
त्रिभुवन विश्वविद्यालयले भने आफैँले प्रवेश परीक्षा लिएर विदेशी विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएको छ।
भारतको नेसनल इलिजिबिलिटी कमन इन्ट्रान्स टेष्ट (निट) उत्तीर्ण गरेका विद्यार्थीलाई समेत नेपालको विश्वविद्यालयले प्रवेश परीक्षा लिएर भर्ना गर्नुपर्ने व्यवस्था छ।
तर, काठमाडौं विश्वविद्यालयले भने निट पास गरेकालाई सिधै कलेज भर्ना प्रक्रिया शुरू गरेको हो।
“चिकित्सा शिक्षा आयोग आफैंले प्रवेश परीक्षा नलिएको अवस्थासम्म निट पास गरेका विद्यार्थी भर्ना गर्न पाउने भनेको छ”, काठमाडौं विश्वविद्यालयका स्कूल अफ मेडिक साइन्सका डिन प्रा.डा. राजेन्द्र कोजूले भने, “त्यही भएर हामीले मेरिटका आधारमा विद्यार्थी भर्ना गर भनेका हौँ।”
सम्बन्धित देशको निट उत्तीर्ण गरेका विद्यार्थीलाई काठमाडौं विश्वविद्यालयमा सिधै भर्ना गर्न पाउने व्यवस्था रहेको डिन कोजूको भनाइ उद्धृत गर्दै आजको नयाँ पत्रिकामा समाचार छ।
तर, राष्ट्रिय चिकित्सा शिक्षा ऐनले चिकित्सा शिक्षा अध्ययन गर्न सबैले प्रवेश परीक्षा पास हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ।
" /> काठमाडौं। काठमाडौं विश्वविद्यालयले प्रवेश परीक्षाविनै एमबीबीएसमा विदेशी विद्यार्थी भर्ना प्रक्रिया शुरू गरेको छ।चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षा लिनुपर्ने निर्णय गरे पनि काठमाडौं विश्वविद्यालयले पहिलेदेखि गर्दै आएको गलत अभ्यासअनुसार नै विदेशी विद्यार्थी भर्ना प्रक्रिया शुरू गर्न निजी मेडिकल कलेजलाई परिपत्र गरेको हो।

">