काठमाडौं। चीनको हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफैँ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालको ओपिडीमा सामान्य उपचारमा आएका थिए।
उनको नमूना परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको हङ्कङ्स्थित प्रयोगशालामा पठाइयो।
उक्त परीक्षणमा ती व्यक्तिलाई नोभेल कोरोना भाइरसको संक्रमणको पुष्टि भएको अस्पतालका चिकित्सक डा. विवेकलालले जानकारी दिए।
उनी अहिले घर फर्किसकेका छन् । उनीसँगको सम्पर्कमा रहेका अरुमा भने भाइरस नदेखिएको चिकित्सकले बताएका छन्।
उनी नेपालमा १६ पुसमा चिकित्सकको सम्पर्कमा आएका हुन्।
२८ पुसमा भर्ना भएका उनलाई ९ माघमा उक्त भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो।
अहिलेसम्म परीक्षण गरिएका चारमध्ये तीनजनामा भने भाइरस भेटिएको छैन।
शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशाला हेर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले तीबाहेक अहिले कुनै पनि व्यक्ति परीक्षणको क्रममा नरहेको बताएकी छन्।
टेकु अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाले मौसमी रुघाखोकी जस्तै रहेको बताउँदै दुवैको रोकथामको तरिका पनि उस्तैउस्तै भएको बताए।
नियमित हात धुने, विरामीको नजिक नजाने, गएमा सुरक्षा अपनाएर जाने, माक्स लगाउने संक्रमित, व्यक्तिलाई छोएमा तत्कालै साबुन पानीले हात धुनेलगायतका उपाए अपनाउन उनको सुझाव छ।
सामान्य रुघाखोकी लागेका पनि टेकु अस्पतालमा आउने क्रम बढेको भन्दै उनले संक्रमित क्षेत्रका मानिसलाई मात्रै विशेष निगरानी जरुरी रहेको तर अन्य मानिसले सामान्य रूपमा उपचार गराउँदा हुने बताएका छन्।
एक नेपालीमा कोरोना भाइरस देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ।
ए जनामा देखिए पनि संक्रमण बढ्नसक्ने आशंकामा स्वास्थ्य मन्त्रालयले विभिन्न क्षेत्रमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ।
काठमाडौँ, पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रमा पनि हेल्थ डेस्क स्थापना गरेर निगरानी र सतर्कता अपनाउन थालिएको छ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगन्तुकको परीक्षणका लागि चौविसै घण्टा स्वास्थ्यकर्मीको टोली खटाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए।
“कोही आत्तिनुपर्ने अवस्था छैन तर पनि संक्रमित क्षेत्रबाट आएकालाई भने विशेष निगरानी गरिएको छ”, श्रेष्ठले भने, “सामान्य ज्वरो आउँदैमा डराइडराइ अस्पताल जानु पर्दैन।”
नोभेल कोरोना भाइरसले रुघाखोकीदेखि गम्भीर प्रकारको स्वाशप्रश्वाशको समस्या निम्त्याउन सक्ने चिकित्सकले बताएका छन्।
शुरुमा जनावरबाट मान्छेमा आएको यो भाइरस पछिल्लो समयमा मान्छेबाट मान्छेमा सरेको विश्वस्वास्थ्य सङ्गठन (डक्लुएचओ) ले पुष्टि गरिसकेको छ ।
कोरोना भाइरस विभिन्न सात खालमा छ। सन् २००३ मा चाइनामा सार्स कोरोना देखा परेको थियो। त्यसपछि सन् २०१२ मा मर्स कोरोना देखियो।
अहिलेको ३१ डिसेम्बरमा चीनको हुवान शहरबाट नोभेल कोरोना भाइरस देखिएको हो। रासस
" /> काठमाडौं। चीनको हुवान प्राप्तबाट आएका एक व्यक्ति रुघाखोकी र ज्वरो देखिएपछि अन्य बिरामी झैँ आफैँ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु अस्पतालको ओपिडीमा सामान्य उपचारमा आएका थिए।

">