नेकपाको एकता महाधिवेशन २०७७ चैतमा गर्ने अध्यक्षद्वयको प्रस्ताव

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता महाधिवेशन अर्को वर्ष २५–३० चैतमा गर्न केन्द्रिय कमिटीमा प्रस्ताव पेस भएको छ।

आजदेखि शुरू भएको केन्द्रिय कमिटी बैठकमा यस्तो प्रस्ताव गरिएको हो।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा २५–३० चैत २०७७ मा महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।

त्यसअघि २०७७ भदौदेखि मंसीरसम्म सबै स्थानीय तह र प्रदेश कमिटीका अधिवेशन सम्पन्न गरिसक्ने प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्