काठमाडौं। सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरू भएको संघीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ।
शुरू भएको चार महीनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने अनुमान गरिएको छ।
तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण शुरू भएकोमा अहिलेसम्म भौतिक प्रगति झण्डै पाँच प्रतिशत र वित्तीय प्रगति २२ दशमलव ३५ प्रतिशत रहेको छ। ६ महीनामा पाँच प्रतिशतको लक्ष्य लिइएकामा दुई महीना बाँकी रहँदा नै लक्ष्यमा पुगिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
चालू आर्थिक वर्षमा २० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ। १७३ रोपनी आठ आनामा फैलिने भवन निर्माणका लागि भ्याटबाहेक पाँच अर्ब तीन करोड रूपैयाँमा कबोल भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोजमा भवनको शिलान्यास गरेका थिए। संसद् भवन निर्माण प्रधानमन्त्री ओलीको पहिलो निर्णय भएकाले आफूले विशेष महत्वका साथ निर्माणलाई हेरिरहेको र आवश्यक स्थानमा सहजीकरण गर्दै आएको प्रधानमन्त्रीका विकास समन्वय विज्ञ गजेन्द्र थपलियाले बताए।
उक्त स्थानमा नेपाली सेनाको चण्डीदल गण रहेको थियो। त्यससँगै परिसरमा रहेका अन्य कार्यालय त्यहाँबाट स्थानान्तरणलगायतका काममा आवश्यक सहजीकरण गरिरहेको उनको भनाइ छ।
“ठूलो योजना र समय कम भएकाले एक दिन पनि काम नअड्किओस् भन्नेमा सजग छौँ”, थपलियाले भने। निर्माण कार्य समयमै वा समयभन्दा अघि नै सम्पन्न होस् भनेर सरकारले निर्माण व्यवसायीलाई लाभांश वा जरिवाना दुवै व्यवस्था गरेको छ। एक दिनमात्रै चाँडो हुँदा २५ लाखसम्म लाभांश र एक दिन ढिला हुँदा त्यति नै रकम जरिवाना हुने थपलियाले जानकारी दिए।
भवन निर्माणस्थलमा आठ मुख्य र चार सहायक गरी १२ भवन बन्दैछन्। यहाँ निर्माण हुने भवन परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
अहिले निर्माण व्यवसायीले साइटमा गरिरहेको काम हेर्दा ढिलाइ हुने देखिएको छैन। उनले भने, “केही महीना पहिले नै सम्पन्न गरेर बोनस लिनुहोस् भन्ने हाम्रो इच्छा हो।”
भवन निर्माणस्थलमा आठ मुख्य र चार सहायक गरी १२ भवन बन्दैछन्। यहाँ निर्माण हुने भवन परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ। सबै भवनको डिजाइन काठमाडौँको स्थानीय वस्तुकला झल्कने खालको हुने विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर प्रकीर्ण तुलाधरले बताए।
भवन अत्याधुनिक हुने भए पनि भवनको बाहिरी देखिनेस्वरूप नेपालको आफ्नो मौलिकता झल्कने खालको हुने उनको भनाइ छ। “हाम्रो आफ्नै कलाको प्रयोग गर्दै आधुनिक भवन निर्माण गर्न लागिएको हो”, उनले भने।
यसको डिजाइनमा खुला स्थानलाई समेत जोड दिइएको छ। भवन क्षेत्र, खुला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको वरिष्ठ डिभिजनल इञ्जिनीयर तुलाधरले बताए। परिसरको ६० प्रतिशत क्षेत्रमा खुला हरियाली चौर, बगैँचा, पानीको फोहरालगायत रहनेछ भने बाँकी स्थानमा विभिन्न पूर्वाधारको निर्माण हुनेछ।
संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ। तीबाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुनेछन्।
खुला स्थानमा हरियाली चौर, पानीको फोहरा, सार्वजनिक खुला चौरलगायतलाई प्रत्येक भवनको वरिपरि निर्माण गरिने उनले बताए। त्यस्तै, डिजाइनमा आपत्कालीन अवस्थाको समेत ध्यान दिइएको छ। “भूकम्प, आगलागीजस्ता विपद्का समयलाई समेत यसमा ध्यान दिएर निर्माण भइरहेको छ”, तुलाधरले भने।
नयाँ बन्ने संसद् भवनमा अतिआधुनिक सुरक्षाको प्रविधिबाट जाँच गरेर मात्रै प्रवेश गर्न सकिने बताइएको छ। यस परिसरको गुरुयोजनामा सुरक्षा निकायलाई विशेष ध्यान दिइएको छ। परिसरको मूल ढोका दक्षिणतर्फ रहनेछ भने संसद्को प्रवेशका लागि उत्तरतर्फ नयाँ गेट रहने तुलाधरले बताए। दक्षिण पूर्वमा कर्मचारी तथा सर्वसाधारण प्रवेशका लागि गेट रहने गरी डिजाइन गरिएको छ।
संसदीय दलको भवन र कार्यालय भवन पाँच–पाँच तलाको हुने विभागले जनाएको छ। तीबाहेक परिसरमा हुने सबै भवन बढीमा तीन तलासम्मको हुने तुलाधरले बताए। भवनमा आवश्यकतानुसार भूमिगत वा अर्धभूमिगत कक्ष पनि निर्माण हुनेसक्ने उनको भनाइ छ।
परिसरमा कुन भवन कहा ?
मुख्य प्रवेशद्वारको बायाँतर्फ प्रतिनिधि सभाको बैठक बस्ने ठूलो हल र दायाँतर्फ राष्ट्रिय सभाको बैठक बस्ने हल बन्नेछ। प्रतिनिधि सभा भवनमा ४०० अट्ने ठूलो हलसँगै विभिन्न प्राविधिक कक्ष, सभामुख कार्यकक्ष, पत्रकार सम्मेलन कक्ष, विशिष्ट कक्ष, कमिटी हललगायतका कक्ष रहने वरिष्ठ डिभिजनल इञ्जिनीयर तुलाधरले बताए। सो भवनमा ३०० पत्रकार, दर्शक र आगन्तुक अट्ने बाल्कोनी र २०० अट्ने अर्काे हल हुनेछ।
मुख्य भवनको उत्तरतर्फ पाँच तले पार्टी कार्यालय भवन हुनेछ। उक्त भवनमा बैठक कक्ष, शिशु स्याहार कक्षलगायतका लागि छुट्टाछुट्टै कक्ष रहने बताइएको छ।
राष्ट्रिय सभा भवनमा झण्डै १०० अट्ने ठूलो हल, विभिन्न प्राविधिक कक्ष, सभा अध्यक्षको कक्ष रहनेछ। साथै भवनमा २०० अट्ने बाल्कोनी र ३०० अट्ने अर्काे हल रहने बताइएको छ। राष्ट्रिय सभा भवनको उत्तरतर्फ अतिविशिष्ट व्यक्तिको कार्यालय भवन निर्माणका लागि डिजाइन बनेको छ। सो भवनमा प्रधानमन्त्रीसहित राष्ट्रिय सभाको अध्यक्ष, उपाध्यक्षलगायतको कार्यकक्ष रहने उनले बताए।
प्रतिनिधिसभा भवनको उत्तरतर्फ पुस्तक अध्ययन कक्ष, इ–पुस्तकालय, सङ्ग्रहालय, प्रशासनिक कक्षसहितको चार तले पुस्तकालयको भवन निर्माण हुनेछ। मुख्य संसद् भवनको उत्तरपूर्वमा संसदीय समितिको कार्यालय भवन र त्यसको दायाँतर्फ सानो छापाखाना रहने बताइएको छ।
मुख्य भवनको उत्तरतर्फ पाँच तले पार्टी कार्यालय भवन हुनेछ। सो भवनमा बैठक कक्ष, शिशु स्याहार कक्षलगायतका लागि छुट्टाछुट्टै कक्ष रहने तुलाधरले जानकारी दिए। सञ्चिता घिमिरे/रासस
" /> काठमाडौं। सिंहदरबारस्थित पुतली बगैँचामा निर्माण शुरू भएको संघीय संसद्को भवन समयमै सम्पन्न गर्ने गरी काम अघि बढेको छ।शुरू भएको चार महीनाको भौतिक प्रगति सन्तोषजनक रहँदा र आवश्यक निर्माण सामग्रीको व्यवस्थापन हुँदा समयमै सकिने अनुमान गरिएको छ।

">