काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारका कामबारे नागरिकलाई बुझाउन राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।
आजदेखि शुरू भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।
“समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कार्यान्वयन गर्न र सुदृढ संगठन एवं फराकिलो जनाधार निर्माण गर्दै सरकारले गरेका सकारात्मक कामहरूबारे जनतामाझ सन्देश सम्प्रेषण गर्न विशेष अभियान सञ्चालन गर्न लागिएको हो”, प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा सरकारले गरेका राम्रा काम, महत्त्वपूर्ण उपलब्धि र भावी योजनाका सम्बन्धमा पार्टी पंक्ति र आम जनतालाई प्रशिक्षित गर्ने र सरकारका सकारात्मक कामको पक्षमा जनमत सिर्जना गर्नेसमेत उल्लेख छ।
प्रतिवेदनमा उल्लेख छ, ‘नेकपाको सरकारलाई कमजोर एवं असफल बनाउन प्रतिक्रियावादी खेमाबाट भइरहेका सबै प्रकारका गतिविधि, षड्यन्त्र र दुष्प्रचारको प्रतिवाद गर्ने।’ नेकपाका अध्यक्षद्वय ओली र दाहालले अब सबैखाले गुटबन्दी अन्त्य गर्ने समेत उल्लेख गरेका छन्।
“पार्टीमा सबैखाले समूहबन्दी वा गुटबन्दीपूर्ण क्रियाकलापलाई निरुत्साहित गर्ने र पार्टीमा बैधानिक व्यवस्था, संगठनात्मक पद्धति र अनुशासनको विकास गर्ने”, प्रतिवेदनमा उल्लेख छ, “पार्टी एकतालाई सबल र सुदृढ तुल्याउने।”
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारका कामबारे नागरिकलाई बुझाउन राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।आजदेखि शुरू भएको नेकपाको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

">