काठमाडौं। चीनले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारको ४८ घण्टामा नै नयाँ अस्पताल सञ्चालनमा ल्याएको छ। चिनको हुवाङगाङ शहरमा निर्माणाधिन अस्पताललाई कोरोना भाइरसका विरामीको उपचारमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।
यो हाङगाङ अस्पतालको नयाँ शाखा हो। अस्पताल परिसरमा खाली रहेका भवनमा करीब पाँच सय जना कामदार दुई दिन खटेर सञ्चालनका लागि योग्य बनाएका हुन्।
मंगलबार अस्पतालमा विरामीका लागि विद्युत, पानी र इन्टरनेट जडान गरिएको थियो।
चीन सरकारले यो अस्पताल आगामी मे महिनाबाट मात्रै सञ्चालनमा ल्याउने योजना बनाएको थियो। तर, कोरोना भाइरसको संक्रमण भएपछि हतारमा यो शाखा अस्पतालाई कोरोना भाइरसबाट संक्रमितहरुको उपचारमा प्रयोग गरिएको हो।
कोरोना भाइरस संक्रमितको लागि खोलिएको यो विश्वकै पहिलो अस्पताल भएको छ।
बुधबार विहानबाट यो अस्पताल सञ्चालनमा आएको हो। स्थानीय समयअनुसार विहान १०ः३० बजे कोरोना भाइरस संक्रमित विरामीहरुलाई यस अस्पतालमा सारिएको छ।
कोरोना भाइरस संक्रमितको उपचारको लागि बेइजिङबाट सेनाका चिकित्सकसहित ६ हजारभन्दा बढी स्वास्थयकर्मी हुबेइ प्रान्तको वुहान पठाइएकाे चिनियाँ सञ्चारमाध्यमले बताएका छन्।
भर्खरै सञ्चालमा आएको अस्पतालभन्दा करीब ४७ किलोमिटर पर चीनले एक हजार शय्याको नयाँ अत्याधुनिक अस्पताल पनि बनाइरहेको छ। हुबेइ प्रान्तको वुहानमा बनिरहेको उक्त अस्पताल पनि केही दिनमै सञ्चालनमा आउने चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेका छन्।
चीनले नयाँ बनाइरहेको अस्पतालमा ३० करोड युआन खर्च हुने बताएको छ।
" /> काठमाडौं। चीनले कोरोना भाइरसबाट संक्रमितहरूको उपचारको ४८ घण्टामा नै नयाँ अस्पताल सञ्चालनमा ल्याएको छ। चिनको हुवाङगाङ शहरमा निर्माणाधिन अस्पताललाई कोरोना भाइरसका विरामीको उपचारमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।यो हाङगाङ अस्पतालको नयाँ शाखा हो। अस्पताल परिसरमा खाली रहेका भवनमा करीब पाँच सय जना कामदार दुई दिन खटेर सञ्चालनका लागि योग्य बनाएका हुन्।

">