काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोवेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एकजनालाई मात्रै निगरानीमा राखेको जनाएको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एकजनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ।

यसअघि चारजनामा गरिएको परीक्षणमा ९ माघमा एकजनामा सङ्क्रमण भएको फेला परेको थियो। उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्च तहको बैठक बसेर छलफल थालिएको छ। आज साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र वुहान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। जनमानसमा नकारात्मक सन्देश जान सक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ।

बैठकमा सङ्क्रमण फैलन सक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ। आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए। यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन्। रासस

" /> काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोवेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एकजनालाई मात्रै निगरानीमा राखेको जनाएको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एकजनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ।

यसअघि चारजनामा गरिएको परीक्षणमा ९ माघमा एकजनामा सङ्क्रमण भएको फेला परेको थियो। उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्च तहको बैठक बसेर छलफल थालिएको छ। आज साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र वुहान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। जनमानसमा नकारात्मक सन्देश जान सक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ।

बैठकमा सङ्क्रमण फैलन सक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ। आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए। यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन्। रासस

"> कोरोना भाइरस: एकजना निगरानीमा: Dekhapadhi
कोरोना भाइरस: एकजना निगरानीमा <p style="text-align:justify">काठमाडाैं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोवेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एकजनालाई मात्रै निगरानीमा राखेको जनाएको छ। शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै निगरानीको जरुरी नभएकाले घर पठाइएको र एकजनाको मात्रै परीक्षण थालिएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए। विशेषगरी भाइरस सङ्क्रमण भएको क्षेत्रबाट आएका मानिस र शङ्कास्पद लक्षण देखिएकालाई मात्रै निगरानीमा राख्ने गरिएको छ।</p> <p style="text-align:justify">यसअघि चारजनामा गरिएको परीक्षणमा ९ माघमा एकजनामा सङ्क्रमण भएको फेला परेको थियो। उनी पनि उपचारपछि निको भएर घर फर्किसकेका छन्।</p> <p style="text-align:justify">स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालकै उपस्थितिमा हरेक दिन कोरोनाको अवस्थाबारे उच्च तहको बैठक बसेर छलफल थालिएको छ। आज साँझ बसेको उक्त बैठकले नेपालमा चीनको सङ्क्रमित क्षेत्र वुहान प्रान्तबाट आएका एक व्यक्तिमा भाइरस देखिए पनि अहिलेसम्म कसैमा सङ्क्रमण नभएकाले डराउनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको छ। जनमानसमा नकारात्मक सन्देश जान सक्ने भएकाले मन्त्रालयले हरेक दिन बैठक बस्ने र नियमित पत्रकार सम्मेलन गरी जानकारी दिन थालेको छ।</p> <p style="text-align:justify">बैठकमा सङ्क्रमण फैलन सक्ने भएकाले सबै क्षेत्रमा उच्च निगरानी राख्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ। आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्न भनिएको श्रेष्ठले जानकारी दिए। यो नयाँ रोग भए पनि रुघाखोकीसँग मिल्दोजुल्दो रहेको चिकित्सकले बताएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्