टोखा-छहरे सुरुङमार्गको प्रारम्भिक अध्ययन सकियो
काठमाडौं। चिनियाँ टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको प्रारम्भिक अध्ययन सकेको छ।

नौ जनाको टोलीले करीब एक महीना लगाएर सुरुङको अध्ययन गरेको थियो। अध्ययन टोली चीन फर्किसकेको छ।

चैतसम्म टोलीले चीन सरकारलाई अध्ययन प्रतिवेदन बुझाउने भौतिक पूर्वाधार तथा यातायात मनत्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए।

“प्रतिवेदन बुझाइसकेपछि थप अध्ययनका लागि अर्को टोली आउनेछ”, उनले भने, “त्यसपछि समझदारीपत्रमा हस्ताक्षर गरिन्छ। त्यसकै आधारमा टोलीले पूर्वसम्भाव्यता अध्ययन गर्नेछ।”

प्रारम्भिक अध्ययनको क्रममा टोलीले साइट अवलोकन, डाटा संकलन, गल्छी र बालाजु सडकको अवलोकन गरेको थियो।

उक्त क्षेत्रमा पर्ने सबै बस्ती र पहाडको सर्भे गरिएको छ। शुरूमा सुरुङको दूरी सात किमि हुने भन्ने थियो। तर, चार किमि हुन सक्ने प्रारम्भिक अध्ययनका क्रममा जानकारी गराएको छ।

“लागतको कुरा भने आइसकेको छैन, रिपोर्ट आएपछि थाहा हुन्छ”, थापाले भने।

यो खण्डमा सुरुङ बनाउनुको कारण रसुवागढी सडकको दूरी छोट्याउनु रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

“सुरुङ निर्माण भएपछि करीब १२ किमि दूरी घट्नेछ”, थापाले भने, “अहिले रसुवागढी–स्याफ्रुबेंसी–धुन्चे पुग्छौं, अब धुन्चे नपुगी रसुवागढीबाट स्याफ्रुबेसी–मैलुङ दोभान हुँदै विदुर आइनेछ।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्