कोरोना भाइरस: तातोपानी नाकामा हेल्थ डेस्क राखियो

चौतारा। कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीनसँगको उत्तरी नाका तातोपानीमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ ।

भोटेकोशी गाउँपालिकासँग समन्वय गरी हेल्थ डेस्क सञ्‍चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताएकी छन्।

डेस्कमा स्वास्थ्य परीक्षणको क्रममा कोरोना भाइरस संक्रमणको लक्षण देखिए वा आशंकित विरामीलाई तत्काल काठमाडौं पठाइने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।

खासा क्षेत्रमा शुरुदेखि नै चिनियाँ चिकित्सकबाट स्वास्थ्य परीक्षण गरी सामान्य ज्वरो आएका व्यक्तिलाई पनि नेपाल प्रवेशमा रोक लगाउँदै आएको छ।

२०७२ को भूकम्पपछि बन्द तातोपानी नाका गत १५ जेठबाट पुनः सञ्चालनमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्