काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका पियनविरुद्ध करीब नौ करोड रूपैयाँ बराबरकाे भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडाैमा दायर गरेको छ।
मालपाेत कार्यालयका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरेकाे उजुरी परेपछि अख्तियारले पक्राउ गरी छानबिन शुरू गरेकाे थियाे। पक्राउकाे क्रममा बस्नेतकाे साथबाट स्राेत नखुलेकाे ११ लाख रुपैयाँ नगद पनि बरामद भएकाे थियाे।
बस्नेतले गैरकानूनी रूपमा आठ करोड ९८ लाख ५८ हजार ६१३ रूपैयाँ आर्जन गरेको देखिएकाले विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन्।
प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजायको साथै निजले स्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रूपमा आर्जन गरेको आठ करोड ९८ लाख ५८ हजार ६१३ समेत जफत समेत गरी पाउन निजकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।”
बस्नेतले २०४५ साल कात्तिकमा कार्यालय सहयोगी पदमा जागिर शुरू गरेयता पारिश्रमिकदेखि अन्य पारिवारिक आम्दानीसमेत गरी वैध रूपमा जम्मा ७४ लाख ७३ हजार ३७३ आर्जन गरेको अनुसन्धानको क्रममा देखिएको अख्तियारले बताएको छ।
उनको बाँकी आर्जन वैधानिक रूपमा पुष्टि हुन नसकेपछि उनीविरुद्ध अदालतमा अभियोग दर्ता गरिएको कोइरालाले बताए।
" /> काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका पियनविरुद्ध करीब नौ करोड रूपैयाँ बराबरकाे भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडाैमा दायर गरेको छ।मालपाेत कार्यालयका कार्यालय सहयोगी राजेन्द्र बस्नेतले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरेकाे उजुरी परेपछि अख्तियारले पक्राउ गरी छानबिन शुरू गरेकाे थियाे। पक्राउकाे क्रममा बस्नेतकाे साथबाट स्राेत नखुलेकाे ११ लाख रुपैयाँ नगद पनि बरामद भएकाे थियाे।

">