सदनलाई जीवन्त कसरी बनाउने भन्नेमै केन्द्रित छु- सभामुख सापकोटा

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई कसरी जीवन्त बनाउने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित भएको बताएका छन्।

आज पत्रकारहरूसँग कुरा गर्दै सभामुख सापकोटाले सदनमा जीवन्त छलफलको वातावरण निर्माण गर्ने बताएका हुन्।

“सदनलाई जीवन्त बनाउन सकियो भने सबैलाई राम्रो गर्छ। यसले सांसदहरूको योग्यता, क्षमतामा पनि अभिवृद्धि गर्छ”, सापकोटाले भने।

सभामुख सापकोटाले आफू ‘डबल स्ट्याण्ड’ नहुने र पत्रकारहरूसँग सहयात्रा गर्न तयार रहेको बताए।

उनले गुणस्तरीय रिपोर्टिङका लागि प्रतिनिधि सभामा लवी रिर्पोटिङ व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

यो व्यवस्था भएपछि पत्रकारहरूले संसद चलेको अवस्थामा सांसदहरू बसेको स्थानमा बसेर रिर्पोटिङ गर्न सक्नेछन्।

यो व्यवस्था अहिलेसम्म नेपालमा थिएन।

सभामुखको प्रतिबद्धता अनुसार व्यवस्था लागू भएमा संसदीय मामिला सम्बन्धी रिर्पोटिङ गर्ने पत्रकारहरूका लागि सूचना संकलनमा अझ सहजता आउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्