काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उनले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
“देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ”, उनले भने।
सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकार लागिरहेको उनले बताए। उपप्रधानमन्त्री पोखरेलले जनतासँग गाँसिएको संस्थामात्र बाँच्न सक्ने बताए।
औषधि उत्पादनका लागि आयात हुने कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क कम गर्न सरकार गम्भीर भएर लाग्ने उनको भनाइ छ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कुल खपतमध्ये ४५ प्रतिशत औषधि स्वदेशमै उत्पादन हुने गरेको बताए। रासस