"> अख्तियारका सचिवलाई निर्णयको फाइल बोकी आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश: Dekhapadhi
अख्तियारका सचिवलाई निर्णयको फाइल बोकी आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश
काठमाडौं। अदालतले मुद्दा सुनुवाईको सन्दर्भमा पेश गर्न आदेश दिएका फाइल नभेटिएको भन्दै अख्तियारले जवाफ पठाएपछि सर्वोच्चले त्यसलाई जिम्मेवारीबाट पन्छिन खोज्ने अनुचित प्रवृत्ति भनेको छ।

न्यायाधीशहरू मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमा सम्मिलित सर्वोच्च अदालको पूर्ण इजलासले कागज फेला नपरेको भन्ने अख्तियारको लिखित जवाफलाई ‘जवाफदेहितापूर्ण काम कारवाही मान्न मिल्ने देखिएन’ भन्ने टिप्पणी गरेको छ।

युवराज शर्माले अख्तियारविरुद्ध पुनरावेदन गरेपछि सर्वोच्चको सुनुवाईमा पुगेको एउटा भ्रष्टाचार मुद्दामा आज पूर्ण इजलासले त्यस्तो आदेश गरेको हो।

८ काात्तिक र २३ फागुन २०७५ मा सर्वोच्च अदालतले उक्त भ्रष्टाचार मुद्दाको सुनुवाई गर्दै अनुसन्धान अधिकृत तोकिएकोसम्बन्धी निर्णय पेश गर्न अख्तियारलाई आदेश दिएको थियो।

२३ मंसीर २०७५ र ३० असार २०७६ मा अख्तियारले निर्णय कागज फेला नपरेको भनि अदालतमा जवाफ पठाएको थियो।

अदालतले यसलाई जवाफदेहितापूर्ण काम कारवाही मान्न मिलेन भनेको छ। ‘सामान्य प्राविधिक कारण देखाई अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृत्तिलाई उचित ठान्न सकिदैन,’ सर्वोच्च अदालतको आदेशमा भनिएको छ।

सर्वोच्चले ८ काात्तिक र २३ फागुन २०७५ का आदेश सँगै राखि अन्तिमपटक अख्तियारलाई माग गर्न आफ्नै प्रशासनलाई आदेश दिएको छ।

‘यी अभिलेख खोजी गरी १५ दिनभित्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव स्वयम् निर्णय, फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रूपमा उपस्थित हुन आउनू’ आदेशमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्