काठमाडौं। बिहान जुरुक्क उठ्नासाथ जिज्ञासा जाग्छ, आजको मौसम कस्तो होला ? अझ बाहिरफेर निस्कनुपर्नेलाई त सँधै मौसमबारे खुलदुली भइरहेको हुन्छ। तपाईंलाई पनि चासो हुन्छ होला। के गर्नुहुन्छ ?
मौसमको हालखबर बुझ्न मोबाइलमा बुढी औंला दौडाउनुनहुन्छ, हैन त ?
तपाईंको हातमा रहेको मोबाइलसम्म मौसमको भविष्यवाणी पुग्छ कसरी ? कसले गर्छ त्यो भविष्यवाणी ? कसरी गर्छ ?
मौसमको अन्दाज लगाउने काम नेपालमा मौसम पूर्वानुमान महाशाखाले गर्छ। उसले हरेक दिन हिमालदेखि तराईसम्मको मौसम पूर्वानुमान गरेर सूचना प्रवाह गर्छ। त्यसो भए कसरी हुन्छ यस्तो पूर्वानुमान ?
यसरी गरिन्छ पूवार्नुमान
संसारभर नै मौसम पूवार्नुमान गर्न विभिन्न प्रविधि निर्माण गरिएका छन्। हरेक देशका मौसम पूर्वानुमान गर्ने निकायहरूले आफूसँग उपलब्ध भएका सामग्रीको प्रयोग गर्छन्।
नेपालमा मौसम पूर्वानुमान महाशाखाले मूलतः दुईवटा विधि प्रयोग गर्छ– सर्फेस अब्जर्भेसन (सतह अवलोकन) र स्याटेलाइट अब्जर्भेसन (भू–उपग्रहीय अवलोकन)।
निश्चित मौसम–क्षेत्रमा भइरहेको परिवर्तन निरन्तर गर्ने विधिलाई सर्फेस अब्जर्भेसन भनिन्छ। त्यसका लागि ‘सिनेप्टिक स्टेशन’को सहयोग लिइन्छ।
सिनेप्टिक स्टेशनले निश्चित समयको अन्तरालमा मौसमको स्थिति जानकारी गराइरहेको हुन्छ। यस्तो अवलोकन गर्नका लागि नेपालका १६ ठाउँमा सिनेप्टिक स्टेशन राखिएको छ।
मौसमविद् मञ्जु वासी भन्छिन्, “विभिन्न ठाउँमा १६ वटा ‘सिनेप्टिक स्टेशन’हरू छन्, ती स्टेशनहरूबाट हामी प्रत्येक तीन/तीन घण्टामा तथ्यांक लिन्छौं।”
दिपायल, डडेल्धुरा, धनगढी, वीरेन्द्रनगर, सिमरा, नेपालगञ्ज, पोखरा, ताप्लेजुङ विराटनगर लगायतका जिल्लामा सिनेप्टिक स्टेशन छन्।
तर, यी स्टेशनले दिने जानकारीले मात्र मौसम पूर्वानुमान पूर्ण हुँदैन। त्यसैले थप जानकारीका लागि पृथ्वी वरिपरि चक्कर लगाइरहेका कृत्रिम भू–उपग्रहहरू (स्याटेलाइट)को सहयोग लिइन्छ। यी स्याटेलाइटहरूले अन्तरीक्षबाट पृथ्वीका निश्चित क्षेत्रको आकाशका गतिविधिको तस्वीर पठाइरहन्छन्।
मौसम पूर्वानुमान गर्न हरेक देशले निश्चित गणितीय मोडल निर्माण गरेका हुन्छन्। यो विधिमा मौसमको वर्तमान अवस्था कम्प्युटर सफ्टवेयरमा राखेपछि सफ्टवेयरले भावी मौसमको अनुमान गर्छ।
यसका लागि नेपालले निर्माण गरेको मोडललाई ‘डब्लुआरएफ’ भनिन्छ। तर, हाम्रो मोडलले मात्र सबै पूर्वानुमान सम्भव नहुने भएकाले अन्य देशका मोडलबाट पनि जानकारी लिनुपर्ने हुन्छ। नेपालले अमेरिकाको मोडल ‘नोभा’को पनि सहयोग लिने गर्छ।
तर, अपुरो छ पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान महाशाखाले गरेका सबै अनुमान भने सही हुँदैनन्। यसका केही निश्चित कारण छन्।
पहिलो, नेपालको भौगोलिक अवस्था नै जटिल छ। अर्को कुरा, यस्तो जटिल भूगोलमा मौसमको पूर्वानुमान गर्न चाहिने आवश्यक जनशक्ति र प्रविधि छैन।
२०४४ सालमा स्थापना भएको महाशाखामा जम्मा १० जना मात्र मौसमविद् छन्। ३६५ दिन र २४ घण्टै मौसम पूर्वानुमान गर्न कम्तीमा ३० जना मौसमविद् चाहिन्छ।
“स्थापनाकालदेखि नै भएको जनशक्तिले काम गरिरहेका छौं, मौसम पूर्वानुमान गर्न पर्याप्त मात्रामा श्रोत, साधन र दक्ष जनशक्ति नहुँदा केही समस्या हुन्छ”, मौसमविद् वासी भन्छिन्।
त्यस्तै, महाशाखासँग आवश्यक प्रविधि पनि पर्याप्त छैनन्। उपल्लो तहको वायुमण्डलसम्मको गतिविधि थाहा पाउन ‘राडार’ र ‘रेडिएशन’ जस्ता प्रविधि आवश्यक पर्छ। पूर्वानुमान महाशाखासँग त्यस्ता प्रविधि पर्याप्त छैनन्।
कीर्तिपुरमा राखिएको एउटा मात्रै रेडिएशन महाशाखासँग छ। त्यो पनि अझै प्रयोगमा आइसकेको छैन, परीक्षणमै छ। ‘रेडिएशन’को काम काठमाडौं उपत्यकाको उप्पलो वायुमण्डलबारे सम्पूर्ण जानकारी दिनु हो। निकट भविष्यमै ‘रेडिएशन’लाई प्रयोगमा ल्याउने योजनामा भने मौसम पूर्वानुमान महाशाखा छ।
छोटो अवधिमा हुने परिवर्तनलाई अध्ययन गर्न ‘राडार’को आवश्यकता पर्छ। मौसम पूर्वानुमान महाशाखासँग ‘राडार’ पनि एउटा मात्र छ। त्यो सुर्खेतमा राखिएको छ। त्यही ‘राडार’ पनि अहिले सञ्चालनमा छैन।
मौसमविद् वासी भन्छिन्, “‘राडार’ प्रयोगमा नल्याउनुको कारण जनशक्ति नभएर हो। त्यसलाई सञ्चालन गर्ने ‘म्यानपावर’ नै छैन।”
नेपालको सम्पूर्ण भू–भागका लागि तीनवटा ‘राडार’ आवश्यक पर्ने उनको भनाइ छ।
“‘रेडिएशन’को संख्या पनि बढाउन सके मौसमबारे अझै राम्रो विश्लेषण गर्न सकिन्छ”– उनले थपिन्।
मौसमबारे थाहा पाउन आवश्यक पर्ने ‘स्याटेलाइट इमेज’हरू पनि विदेशी सहयोगबाट लिइएको छ। जस्तै, ‘हिमावारी’ भन्ने वेबसाइट जापानको सहयोगबाट प्राप्त छ।
गणितिय पूर्वानुमान गर्ने ‘एनडब्लुपी’का लागि ‘सुपर कम्प्युटर’ आवश्यक पर्छ। सुपर कम्प्युटरको अभावले त्यो प्रविधिको उपयोग हुन सकेको छैन। नेपालको मौसम पूर्वानमान पूर्ण गराउन तीन–चारवटा गणितीय पूर्वानुमान गर्ने मोडल चाहिन्छ। नेपालसँग अहिले एउटा मात्र छ।
हिमपात मापन गर्ने स्टेशन छैन
पूर्वानुमान महाशाखाले हिमाली भू–भागमा हिमपात भइरहेको भविष्यवाणी गरे पनि हिमपात मापन गर्ने ‘स्टेशन’ भने छैन। वासी भन्छिन्, “हिमाली क्षेत्रमा पनि हिमपात मापन गर्ने स्टेशन राख्दा राम्रो अनुमान गर्न सकिन्छ।”
हिमाली भू–भागमा भइरहेको हिमपातबारे मौसम पूर्वानुमान महाशाखाले कसरी भविष्यवाणी गर्छ भन्नेबारे भने महाशाखाका कर्मचारीहरूले खुलाउन चाहेनन्।
उच्च पहाडी तथा हिमाली भू–भागहरूमा भौगोलिक विकटताका कारण मौसमबारे तथ्यांक संकलन गर्ने केन्द्र छैन। त्यसले गर्दा ती क्षेत्रमा मौसममा भइरहेको परिवर्तनबारे भविष्यवाणी गर्न निकै गाह्रो हुन्छ।
मौसम पूर्वानुमान महाशाखासँग उपलब्ध ‘वेदर क्यामेरा’ले उच्च पहाडीदेखि हिमाली क्षेत्रको पनि फोटो खिच्ने काम गर्छ। यसकारण फोटोका आधारमा हिमपातबारे भविष्यवाणी गरिन्छ।
यी त मौसम पूर्वानुमान गर्ने विधि भए। अब मौसमकै कुरा गरौं न।
भक्तपुरमा घाम लाग्दा काठमाडौंमा किन पानी पर्छ ?
तपाईंले पनि ख्याल गर्नुभएको होला, भक्तपुरमा घाम लागिरहँदा काठमाडौंमा पानी परिरहेको हुन्छ। यस्तो भने सँधै होइन, कहिलेकाहीँ मात्र हुन्छ।
भक्तपुर र काठमाडौंमा मात्र होइन, अन्यत्र पनि यस्तो हुनेगर्छ। एउटै ठाउँको एकातिर घाम लागिरहेको हुन्छ भने अर्कोतिर पानी परिरहेको हुन्छ। यस्तो किन हुन्छ ?
“बादल विभाजित हुँदा यस्तो हुन्छ”, मौसमविद् वासी भन्छिन्।
पश्चिमी वायु प्रणाली कमजोर भएकाले यस्तो बेला–बेलामा हुने उनी बताउँछिन्।
जाडो याममा पानी किन पर्छ ?
जाडो यामलाई पानी कम पर्ने मौसमका रूपमा लिइन्छ। तर, यसैपटकको मंसिर, पुस र माघ महीनामा पनि धेरै पानी पर्यो। कतिपयलाई यस्तो फेरबदल अनौठो लागेको पनि हुनसक्छ। कतिपयले यसलाई जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका छन्।
तर, यसको कारण भने अर्कै छ। पश्चिमी वायु पटक–पटक भित्रिएका कारणले गत वर्षभन्दा धेरै पानी परेको हो। पश्चिमी वायु भूमध्यसागर वा कृष्ण सागरबाट शुरू हुन्छ। यो पूर्वी भू–भागमा भन्दा पश्चिमी भू–भागमा बढी सक्रिय हुन्छ।
मौसमविद् वासी भन्छिन्, “पश्चिमी निम्न चापीय प्रणाली जाडो याममै भित्रिने हो र यो नियमित प्रक्रिया मात्र हो।”
विगतका वर्षमा भन्दा यसवर्ष झन्डै दुई/तीनसय गुणाले बढी पानी परेको उनले बताइन्। वासी भन्छिन्, “जाडो याममा धेरै पानी पर्नुलाई जलवायु परिवर्तनको प्रत्यक्ष असर भन्न सकिँदैन, अप्रत्यक्ष हुनसक्छ।”
" /> काठमाडौं। बिहान जुरुक्क उठ्नासाथ जिज्ञासा जाग्छ, आजको मौसम कस्तो होला ? अझ बाहिरफेर निस्कनुपर्नेलाई त सँधै मौसमबारे खुलदुली भइरहेको हुन्छ। तपाईंलाई पनि चासो हुन्छ होला। के गर्नुहुन्छ ?मौसमको हालखबर बुझ्न मोबाइलमा बुढी औंला दौडाउनुनहुन्छ, हैन त ?

">