काठमाडौं। विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रूपैयाँ बढी शुल्क निर्धारण गरेको छ।

सरकारले तोकेको पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम मागेको हो।

नोबेलले एमबीबीएसमा १०० सिट पाएको छ।

विद्यार्थीसँग २९ लाख १४ हजारका दरले शुल्क उठाउँदा कलेजले २९ करोड रूपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ।

नोबेल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत चार लाख ४० हजार मागेको छ।

नौ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ। यस्तो परीक्षा चारपटक हुने गर्छ।

कलेजले साढे पाँच वर्षको होस्टल शुल्क पनि भर्नाअगावै माग गरेको छ। मञ्जुरीनामामा होस्टलका लागि सात लाख ३९ हजार ६५३ रूपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ।

एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन। नोबेलले होस्टल अनिवार्य गरेर पाँच वर्षसम्मको शुल्क अग्रिम लिन लागेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

नोबेलमा शिक्षा कर, विश्वविद्यालय, मेडिकल काउन्सिल दर्ता शुल्क छुट्टै तिर्नुपर्ने भनिएको छ।

“अरु कलेजले चारदेखि छ लाखसम्म अतिरिक्त रकम मागे भनेको सुनिएको थियो, यहाँ त तोकिएको भन्दा २९ लाख बढी तिर्न पहिल्यै मञ्जुर गराएर मात्र भर्ना गरिँदो रहेछ”, छोरा भर्नाका लागि पुगेकी एक अभिभावकले भनिन्।

चिकित्सा शिषा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अनय रकम लिन मिल्दैन। आयोगले तोकेको काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रूपैयाँ छ।

नोबेल मेडिकल कलेजले अभिल्ला चार वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रूपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो।

" /> काठमाडौं। विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रूपैयाँ बढी शुल्क निर्धारण गरेको छ।

सरकारले तोकेको पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम मागेको हो।

नोबेलले एमबीबीएसमा १०० सिट पाएको छ।

विद्यार्थीसँग २९ लाख १४ हजारका दरले शुल्क उठाउँदा कलेजले २९ करोड रूपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ।

नोबेल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत चार लाख ४० हजार मागेको छ।

नौ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ। यस्तो परीक्षा चारपटक हुने गर्छ।

कलेजले साढे पाँच वर्षको होस्टल शुल्क पनि भर्नाअगावै माग गरेको छ। मञ्जुरीनामामा होस्टलका लागि सात लाख ३९ हजार ६५३ रूपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ।

एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन। नोबेलले होस्टल अनिवार्य गरेर पाँच वर्षसम्मको शुल्क अग्रिम लिन लागेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

नोबेलमा शिक्षा कर, विश्वविद्यालय, मेडिकल काउन्सिल दर्ता शुल्क छुट्टै तिर्नुपर्ने भनिएको छ।

“अरु कलेजले चारदेखि छ लाखसम्म अतिरिक्त रकम मागे भनेको सुनिएको थियो, यहाँ त तोकिएको भन्दा २९ लाख बढी तिर्न पहिल्यै मञ्जुर गराएर मात्र भर्ना गरिँदो रहेछ”, छोरा भर्नाका लागि पुगेकी एक अभिभावकले भनिन्।

चिकित्सा शिषा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अनय रकम लिन मिल्दैन। आयोगले तोकेको काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रूपैयाँ छ।

नोबेल मेडिकल कलेजले अभिल्ला चार वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रूपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो।

"> नोबेल मेडिकल कलेजमा २९ लाख बढी शुल्क: Dekhapadhi
नोबेल मेडिकल कलेजमा २९ लाख बढी शुल्क
काठमाडौं। विराटनगरको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना हुन आएका विद्यार्थीका लागि सरकारले तोकेभन्दा २९ लाख १४ हजार रूपैयाँ बढी शुल्क निर्धारण गरेको छ।

सरकारले तोकेको पहिलो किस्ताको रकम विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजको सम्पर्कमा पुगेका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम मागेको हो।

नोबेलले एमबीबीएसमा १०० सिट पाएको छ।

विद्यार्थीसँग २९ लाख १४ हजारका दरले शुल्क उठाउँदा कलेजले २९ करोड रूपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ।

नोबेल कलेज प्रशासनले इन्टर्नसिप शुल्कबापत चार लाख ४० हजार मागेको छ।

नौ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ। यस्तो परीक्षा चारपटक हुने गर्छ।

कलेजले साढे पाँच वर्षको होस्टल शुल्क पनि भर्नाअगावै माग गरेको छ। मञ्जुरीनामामा होस्टलका लागि सात लाख ३९ हजार ६५३ रूपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ।

एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन। नोबेलले होस्टल अनिवार्य गरेर पाँच वर्षसम्मको शुल्क अग्रिम लिन लागेको आजको कान्तिपुर दैनिकमा समाचार छ।

नोबेलमा शिक्षा कर, विश्वविद्यालय, मेडिकल काउन्सिल दर्ता शुल्क छुट्टै तिर्नुपर्ने भनिएको छ।

“अरु कलेजले चारदेखि छ लाखसम्म अतिरिक्त रकम मागे भनेको सुनिएको थियो, यहाँ त तोकिएको भन्दा २९ लाख बढी तिर्न पहिल्यै मञ्जुर गराएर मात्र भर्ना गरिँदो रहेछ”, छोरा भर्नाका लागि पुगेकी एक अभिभावकले भनिन्।

चिकित्सा शिषा आयोगका अनुसार होस्टल शुल्कबाहेक कलेजले अनय रकम लिन मिल्दैन। आयोगले तोकेको काठमाडौं उपत्यकाबाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार रूपैयाँ छ।

नोबेल मेडिकल कलेजले अभिल्ला चार वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रूपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्