काठमाडौं। तीब्र गतिमा समाजको ईशाईकरण हुने देशहरूमा नेपाल पहिलो नम्बरमा परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले चिन्ता व्यक्त गरेको छ।
राप्रपाका अध्यक्ष कमल थापाद्वारा केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रमा धर्म निरपेक्षताको आडमा धर्मपरिवर्तन डढेलोकै रुपमा फैलिएको उल्लेख गरिएको छ। समयमै धर्म परिवर्तनका गतिविधि नियन्त्रण गर्न नसके यसबाट नेपालको पहिचान नै समाप्त हुने देखिएको थापाको ठहर छ।
धर्म परिवर्तनले सामाजिक-सांस्कृतिक सद्भाव, एकता खल्बल्याउने र देशलाई गम्भीर धार्मिक द्वन्द्वमा फसाउने सम्भावना बढेको बताएका थापाले धर्मनिरपेक्षता नेपाली जनताको चाहना वा आवश्यकता नभएको पनि दाबी गरेका छन्।
" /> काठमाडौं। तीब्र गतिमा समाजको ईशाईकरण हुने देशहरूमा नेपाल पहिलो नम्बरमा परेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले चिन्ता व्यक्त गरेको छ।राप्रपाका अध्यक्ष कमल थापाद्वारा केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक कार्यपत्रमा धर्म निरपेक्षताको आडमा धर्मपरिवर्तन डढेलोकै रुपमा फैलिएको उल्लेख गरिएको छ। समयमै धर्म परिवर्तनका गतिविधि नियन्त्रण गर्न नसके यसबाट नेपालको पहिचान नै समाप्त हुने देखिएको थापाको ठहर छ।

">