काठमाडौं। कामै नगरेका र पूर्णता पनि नपाएका आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ती आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको हो।
सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगका प्रतिवेदन पेश गरे।
राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोगले अझै पूर्णता पाएका छैनन्। बैठकमा राष्ट्रिय मानवअधिकार आयोग, लोकसेवा आयोग र न्याय परिषद् र न्याय सेवा आयोगका २०७५/७६ को वार्षिक प्रतिवेदन पनि पेश भएका छन्।
बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश बैठकलाई जानकारी गराए।
त्यसैगरी सचिव योगीले नेपाल इञ्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६ र संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरेका थिए।
बैठकले पूर्वसांसद गम्भीरजंग कार्कीको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
शोक प्रस्तावमा भनिएको छ “प्रतिनिधिसभाको यो बैठक २०४८ सालमा नेपाली कांग्रेसको तर्फबाट पाल्पा जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित सदस्य नेपाली कांग्रेस पाल्पाका पूर्वसभापति, प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका, सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने सर्वप्रिय नेता गम्भीरजंग कार्कीको ७४ बर्षको उमेरमा मिति २०७६ साल माघ ११ गते शनिबार काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएकोमा गहिरो शोक प्रकट गर्दछ। उहाँको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ।”
प्रतिनिधि सभाको अर्को बैठक अगामी आउँदो २१ माघमा बस्नेछ।
" /> काठमाडौं। कामै नगरेका र पूर्णता पनि नपाएका आयोगहरूले आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा ती आयोगका वार्षिक प्रतिवेदन पेस गरिएको हो।सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले आयोगका प्रतिवेदन पेश गरे।

">