काठमाडौं। विश्वकै दोस्रो ठूलो अग्लो बञ्जीजम्पको सफल परीक्षण भएको छ। पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी नदीमा २२४ मिटर उचाईमा बनेको कुश्मा बञ्जीजम्पको सफल परीक्षण भएको हो।
२०७३ सालदेखि निर्माण प्रक्रिया शुरू भएको बञ्जीजम्प त्यसको तीन वर्षपछि तयार भएको छ। झण्डै १५ करोड रूपैयाँको लगानीमा बनेको बञ्जीजम्प ‘द क्लीक’ नामक कम्पनीले बनाएको हो।
बञ्जी सञ्चालन गर्न कालीगण्डकी नदिमाथि ५१५ मिटर लामो पुल बनाइएको छ। सर्वसाधारणका लागि भने यो पुल नेपाली नयाँ वर्ष वैशाखदेखि खुला गरिने छ।
बञ्जीसँगै कुश्मा रिसोर्टमा करीब १०० भन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण अन्तिम चरणमा पुगिसकेको छ।
पोखराको लेकसाइडमा कार्यालय रहेको द क्लीकले ‘लभ कुश्मा रिसोर्ट’ नामबाट यो गन्तव्यको ब्रान्डिङ गरिरहेको छ। कुश्मा र बलेबा जोड्ने लामो झोलुङ्गे पुलमा बञ्जीजम्प, स्काई साइक्लिङ एवम् स्विङसमेत सञ्चालनमा ल्याइएने कम्पनीले जानकारी दिएको छ।
बञ्जीसँगै कुश्मा रिसोर्टमा करीब १०० भन्दा बढीलाई सेवा दिने गरी रिसोर्ट निर्माण अन्तिम चरणमा पुगिसकेको छ। यस्तै, विश्वकै अग्लो स्थानमा रहेको स्काई साइक्लिङ र स्विङसँगै विश्वकै दोस्रो अग्लो बञ्जी (७३५ फुट) भएकाले यो एशियाकै उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा कम्पनीले गरेको छ।
अहिले मकाउमा २३३ मिटरमा पहिलो, स्विट्जरल्यान्डको टिसिनो भिर्जस्का ड्याममा २२० मिटरको दोस्रो र साउथ अफ्रिकामा तेस्रो अग्ला बञ्जी सञ्चालनमा छन्।
यो बाहेक अहिले भोटेकोशी, पोखरामा पनि बञ्जी जम्प सञ्चालनमा रहेका छन्।