काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्न आग्रह गरेकी छन्।
शहीद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको बताइन्। अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उनले पढाइलाई व्यवहारमा लागू गर्न सकिने शिक्षा हुनुपर्ने बताइन्।
“अब हामीले हाम्रो ज्ञान विक्री गरेर समृद्ध नेपाल, सुखी नेपाली बनाउने हो। दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल, सुखी नेपाली भनेर अर्थ छैन”, मन्त्री अर्यालले भनिन्, “विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ। अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौं।”
सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको भन्दै उनले प्राविधिक शिक्षा पढेर मुलुकलाई समृद्ध बनाउने अभियानतर्फ लाग्नुपर्ने धारणा राखेको उनकी प्रेस सल्लाहकार देवीका घर्तीमगरले जानकारी दिइन्।
नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक रहेको भन्दै मन्त्री अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमप्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा बृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्ने उल्लेख गरिन्।
" /> काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्न आग्रह गरेकी छन्।शहीद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री अर्यालले रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको बताइन्। अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उनले पढाइलाई व्यवहारमा लागू गर्न सकिने शिक्षा हुनुपर्ने बताइन्।

">