काठमाडौं। सामाजिक सञ्जालमा विदेशबाट पैसा खर्च गरेर विज्ञापन गर्न नपाइने भएको छ। नेपाल राष्ट्र बैंकले आज सूचना प्रकाशन गरेर फेसबुक, ट्वीटर, यूट्युव, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालमा विज्ञापन गरे कारबाही गर्ने बताएको हो।
‘सोसल मिडिया’ अहिले प्रचारको वैकल्पिक माध्यमको रूपमा स्थापित भइरहेको छ। हरेकजसो संघ संस्थाले ‘सोसल मिडिया’मार्फत् आफ्नो विज्ञापन गर्दै आएका छन्। कतिपय विज्ञापन एजेन्सीले नै यसैमा मार्केटिङको जिम्मेवारी लिने गरेका छन्।
सोसल मिडियामा विज्ञापन गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्छ। जसका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा दिएको छैन। राष्ट्र बैंकबाट सटही सुविधा नलिई भुक्तानी गर्नु गैरकानूनी हुन्छ।
सबैजसो सञ्चारमाध्यम, होटल तथा रेष्टुरेन्ट र कर्पोरेट हाउसहरूले सोसल मिडियामा विज्ञापन गर्दै आएका छन्। अब त्यस्तो विज्ञापन प्रकाशन गरे कारबाही गर्ने चेतावनी राष्ट्र बैंकले दिएको छ।
राष्ट्र बैंकले आज प्रकाशन गरेको सूचनामा भनिएको छ, ‘फेसबुक, ट्वीटर, यूट्युवजस्ता सामाजिक सञ्जालमार्फत् गरिने विज्ञापनवापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानूनी हो।”
यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यस्तो कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ अनुसार कारबाही गर्ने राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले बताए।
नेपालमा रहेका संघ संस्थाले विदेशमा भएका व्यक्तिको डलर एकाउन्टबाट सोसल मिडियामा गरिएको विज्ञापनको भुक्तानी गर्ने र उनीहरूलाई पैसा उपलब्ध गराउने गर्दै आएका थिए।
यसरी सोसल मिडियामा विज्ञापनमा खर्च हुने रकम भुक्तानी गर्न रेमिट्यान्सको पैसा पनि प्रयोग हुने गरेको थियो।
अहिलेसम्म विदेशी संस्थालाई नेपालबाट सोझै भुक्तानी गर्न पाइने कानूनी व्यवस्था छैन। त्यस्तो भुक्तानी गर्नुपरे नेपाल राष्ट्र बैंकबाट सटही सुविधा लिनुपर्छ।