काठमाडौं। करीब साढे दुई दशक अघिसम्म भक्तपुर बजार र चाँगुनारायण मन्दीरबीचको ठाउँलाई चिन्ने नाम थियो– कोल्पाकोट। नाम फेरिएर त्यो ठाउँ अहिले बनेको छ– झौखेल।
धेरैको स्मृतिबाट कोल्पाकोट हराइसक्यो। त्यो ठाउँ झौखेलले लिइसक्यो। तर, हराइसकेको त्यही नामलाई ब्राण्ड बनाउँदैछन्, त्यहीँ जन्मिएका रवि मल्ल। ‘कोल्पाकोट’बाट झिकेर उनले आफ्नो ब्राण्डलाई नाम दिएका छन्– ‘कोल्पा’।
“म जन्मेको त्यो ठाउँको पुरानो नाम हराएर के भो त ?”, मल्ल भन्छन्, “म त्यो नामलाई आफ्नै व्यवसायको माध्यमबाट विश्वभर फैलाउने कोशिस गरिरहेछु।”
जसरी उनले आफ्नो ब्राण्डको अर्गानिक नाम छानेका छन्, त्यसैगरी उनको ब्राण्डले पनि अर्गानिक सामग्री प्रवर्द्धन गर्छ।
‘कोल्पा’ले नेपालका गाउँघरमा पाइने कच्चा पदार्थको प्रयोगबाट बन्ने विभिन्न प्रकारका सामग्री संकलन गरेर बजारम्म पुर्याउँछ। कोल्पाले अहिले झण्डै १७÷१८ जिल्लाका झण्डै ७० महिला उद्यमीहरूसँग सहकार्य गरिरहेको छ।
शारीरिक रूपमा अपांगतायुक्त महिलाले गाउँघरमै पाइने कच्चा पदार्थबाट बनाएका ४०÷४५ प्रकारका सामग्री कोल्पाले बजारमा पठाइरहेको छ। थोरै संख्यामा पुरुष व्यवसायी पनि यसमा जोडिएका छन्। तर, व्यवसायीको संख्या भने घटबढ भइरहन्छन्।
खासगरी पराल र पटेलबाट बनेका चकटी, बाँस र निगाँलोबाट बनेका मुडा र डालो, काठबाट बनेका पिर्का, अल्लोबाट बनेका हाते झोला जस्ता सामग्रीको बजार प्रवर्द्धन गर्छ कोल्पा। त्यस्तै जंगली गाँजाको रेसाबाट बनेको टेबलबत्ती, राउटेहरूले बनाएका भाँडाकुँडा, अम्रिसोबाट बनेको कुचो, लोक्ताबाट बनेको कागज जस्ता धेरै प्रकारका सामग्री पाइन्छ झम्सिखेलस्थित यसको शोरूममा।
कोल्पामा सिन्धुपाल्चोक, दार्चुला, नवलपरासी, डोल्पा, ताप्लेजुङ, दैलेख र कालिकोट, संखुवासभा, काभ्रेपलाञ्चोक, रोल्पा, कास्की, जाजरकोट, रसुवा, ललितपुर, भक्तपुर र काठमाडौंका व्यवसायी आबद्ध छन्।
उनीहरूले आफूले उत्पादन गरेको सामग्री कोल्पामा पठाउँछन्। कोल्पाले तिनलाई बजारसम्म पुर्याउँछ।
बजार प्रवर्द्धनमात्र होइन कोल्पाले कच्चा पदार्थबाट सामग्री उत्पादन गर्ने विधि समेत सिकाउँछ। त्यस्तै, विभिन्न स्थानबाट कच्चा पदार्थ ल्याएर आफैं डिजाइन समेत गर्छ। र, त्यो वस्तुको बजारको अवस्था समेत बुझ्छ।
आफ्नो स्टोरमा राखिएकामध्ये डोल्पामा बनेका पातला तर, ताता ब्ल्यांकेट मन पराउँछन् रवि। त्यस्ता ब्ल्यांकेट डोल्पाका बासिन्दाले भेडाको ऊन र याकको रौंबाट बनाउने गरेको छन्।
दार्चुलामा निगालोबाट बनेका डालो र राउटेहरूले दैलेखमा बनाएर पठाएका कोसी, मधुस र पिर्का उनलाई विशेष लाग्छन्।
आधुनिकतासँगै हराउँदै गएका परम्परागत सामग्रीको बजार प्रवर्द्धन कोल्पाको विशेषता हो।
कथा यसरी शुरू हुन्छ
कोल्पाको कथा अमेरिकाबाट शुरू हुन्छ।
उच्च शिक्षाको क्रममा १४ वर्ष अमेरिकामा बिताए रविले। त्यहाँ उनले सूचना प्रविधि विषयमा स्नातकोत्तर गरे। तर, अरुलाई जसरी अड्याइरहन सकेन अमेरिकाले। २०५४ मा अमेरिका पुगेका उनी २०६८ मा नेपाल फर्किए।
उद्देश्य थियो– नेपालमै कुनै नयाँ व्यवसाय गर्ने।
“अमेरिकामा बस्दा नेपाललाई विभिन्न दाताले पुल र सडक बनाइदिएको समाचार सुनिन्थ्यो”, उनी भन्छन्, “त्यस्ता समाचार सुन्दा नेपालीले चाहिँ केही गर्न नसक्ने नै हुन् र भन्ने लाग्थ्यो।”
त्यसैले केही गर्ने सोचे। तर, थाल्ने कहाँबाट, थाहा थिएन। दुई वर्षसम्म नेपालको बजार र उत्पादनबारे अध्ययन गरेको बताउँछन् रवि। उनले हस्तकलाले बजार नपाएको देखे। हस्तकलाका सामग्री बनाउने उद्यमीको खोजी गरे। र, २०७० मा तिनै उद्यमीलाई एउटै ब्रान्डलाई समेट्ने गरी शुरू गरे– कोल्पा।
कोल्पाको कथा २०७० मा एकैपटक शुरू भएको भने होइन। असफलताबाट सिकेको पाठले उनलाई यहाँसम्म पुर्याएको हो।
मनोविज्ञान पढ्ने चाहनाले २०५४ सालमा अमेरिकाको न्यूजर्सी हानिएका थिए रवि। चार महीना मनोविज्ञानको विद्यार्थी बनेर पढेपछि उनको मानसिकता फेरियो।
मनोविज्ञान पढ्ने रूचि फेर्न साथीहरूले धेरै मिहिनेत गरेको सुनाउँछन् उनी। साथीहरूले भन्थे– मनोविज्ञान पढेर सानोतिनो काम पाइँदैन, राम्रो काम पाउन धेरै पढ्नपर्छ।
चार महीना न्यू जर्सीमा मनोविज्ञानको विद्यार्थी बनेपछि उनी न्यूयोर्कको सिटी युनिभर्सिटीमा हानिए। चार वर्ष त्यहाँ सूचना–प्रविधिको विद्यार्थी बने।
नेपाल फर्किएपछि अन्य तीन जना साथीहरूसँग मिलेर कोल्पा ट्रेर्डस नामको कम्पनी दर्ता गरे। नेपाली हस्तकलाका सामग्री बेच्ने योजनाले खोलिएको थियो यो कम्पनी।
तर, योजना असफल भयो। परिपक्वता नपुगेरै असफल भएको उनको ठम्याई छ।
असफलताबाट भने हारेनन्। बरु अपरिपक्व भएको ठान्दै फेरि अमेरिका हानिए। दुई वर्ष स्नातकोत्तरको विद्यार्थी बने। र, २०६८ मा नेपाल फर्किए।
काठमाडौंको लाजिम्पाटमा स्टोर राख्नुभन्दा पहिला भृकुटीमण्डपमा आयोजना भएको नेपालमा बनेका सामग्रीको प्रदर्शनीमा सहभागी भए। प्रदर्शनीमा उनले विभिन्न गाउँबाट संकलन गरेका हस्तकलाका सामग्री धेरैले मन पराए।
मन पराउनेमध्ये कतिलाई त उनले गाउँगाउँ डुलाए। तर, माग बढ्दै गएपछि आफैंले संकलन गरेर सामान उपलब्ध गराउन थाले।
तर, त्यति सजिलो कहाँ थियो र हस्तकलाका सामग्री पाउन ?
बन्नै छोडिसकेको थियो। निर्माता तयार नगर्दासम्म सामग्री पाउन गाह्रो थियो। उनले निर्माता तयार पार्ने जुक्ति खोजे।
विभिन्न संस्थामा पुगेर उनीहरूले घरेलु सामग्री बनाउन तालिम दिएका मान्छेहरूको परिचय र सम्पर्क नम्बर लिए। ती मानिसको सम्पर्क पाएपछि घरघरमा गएर नमुना तयार पार्न लगाए। शुरूमा कसैले विश्वास गरेन। गरुन् पनि कसरी ? उनीजस्तै आश्वासन बोकेर पहिल्यै धेरै पुगिसकेका थिए।
कीर्तिपुरको एक घरले भने विश्वास गर्यो। त्यो घरले उनलाई सहयोग गर्न थालेपछि उनले स्टोर खोल्ने निर्णय गरे।
“केही समय आफैंले संकलन र डेलिभरी गरेपछि बल्ल लाजिम्पाटमा स्टोर खोलेको हुँ” व्यवसाय शुरू गर्दाको अनुभव सम्झिँदै रवि भन्छन्।
बजारको माग देखेर लाजिम्पाटमा २०७१ सालमा स्टोर खोलेका उनी शुरू शुरूमा सबै काम आफैंले गर्थे। राति दुई बजे उठेर सामान लिन कीर्तिपुरसम्म पुग्थे। त्यसरी जम्मा गरेको सामान घरघरमा पुर्याउन आफैं कुद्थे।
“त्यति गर्दा पनि प्रतिमहीना १२ हजार भाडा तिर्न धौ धौ पर्थ्यो”, रवि सुनाउँछन्, “जति नै समस्या आए पनि व्यवसायबाट हात झिक्ने भन्ने चाहिँ कहिल्यै सोचिनँ।”
कोल्पामा आफ्नो मात्र नभई मिहिनेती र शारीरिक रूपमा अशक्त धेरै महिलाहरूको भविष्य देखेका थिए उनले। त्यसैले त श्रीमतीले कमाएको पैसा समेत लगेर धेरै पटक स्टोरको भाडा तिरे।
पढाई आइटी भएपनि मौलिक वस्तुहरूको प्रवर्द्धन र बजार विकासमा लागेका रविले अमेरिकामा पढ्दाको प्राविधिक ज्ञानलाई कोल्पामा लगाएका छन्। त्यहीकारण, कोल्पाले मार्केटिङ र विक्री–वितरणका लागि छुट्टै कर्मचारी राखेको छैन।
रविले सामाजिक सञ्जालको माध्यमबाट कोल्पाको मार्केटिङ गर्दै आएका छन्। यसैको माध्यमबाट अमेरिका, न्यूजिल्याण्ड, पोर्चुगल, स्पेन, इटली, इंग्ल्याण्ड, कोरिया र जापानमासमेत कोल्पाको निर्यात हुन्छ। यसका लागि कोल्पाले ‘कोल्पावर्ल्ड डटकम’ नामको आफ्नै अनलाइन सपिङ वेबसाइट समेत बनाएको छ।
यसका साथै, विभिन्न देशमा रहेका रविका साथीले कोल्पालाई विदेशसम्म फैलाउन सहयोग गरिरहेका छन्। झम्सिखेलको दुई कोठामा रहेको कोल्पाको स्टोरमा रविलाई उनकी बहिनीले सघाउँछिन्।