निगमले जहाजको किस्ता भुक्तानी गर्यो

काठमाडौं। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाईन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई जहाज खरिद गर्दा लिएको ऋणको पुस मसान्तमा भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गरेको छ।

निगमले वाइडबडी र न्यारोबडी जहाजको किस्ताबापतको एक अर्ब एक करोड ४१ लाख ३९३ रूपैयाँ भुक्तानी गरेको आज विज्ञप्तिमार्फत जनाएको छ।

निगमले दुई वाइडबडी जहाजको किस्ता रकमबापत ६६ करोड ५५ लाख ९९ हजार ७७० र न्यारोबडीको ३४ करोड ८५ लाख ६४ हजार ६२३ रकम भुक्तानी गरेको हो ।

निगमले जहाज खरिद गर्दा लिएको ऋणको हरेक तीन÷तीन महिनामा किस्ता भुक्तानी गर्नुपर्ने दायित्व रहेको छ।

निगमले दुई वाइडबडी जहाज डेढ वर्षअघि भित्र्याइएको थियो । निगमले दुवै कोषबाट रु २४ अर्ब ऋण लिएको थियो । अघिल्लो पटक न्यारोबडी जहाज खरिद गर्दा पनि निगमले २० अर्ब रूपैयाँ ऋण लिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्