काठमाडौं। चीनबाट फैलन सुरु गरेको नोबेल कोरोना भाइरस पछिल्लो समय विश्वभर फैलने क्रममा छ। नेपालमा पनि चीनबाट आएका एक विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि सरकारले भाइरस नियन्त्रण गर्न उच्च सतर्कता अपनाएको छ । ती विद्यार्थी उपचारपछि निको भइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले नेपाल कोरोना भाइरसको जोखिममा नरहेको बताएका छन्। उनले सरकारले समयमै सतर्कता अपनाएका कारण जोखिम नरहेको स्पष्ट पारे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएका शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर भाइरसको सङ्क्रमण छ छैन भन्ने पुष्टि गरिरहेको छ। कोरोना भाइरसको शंका लागेमा उनीहरूलाई ‘आइसोलेसन’मा छुट्टै राख्ने र नियमित निगरानीमा राख्नुपर्दछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले रिपोर्ट पोजेटिभ आएको अवस्थामा १५ दिन आइसोलेसनमै राख्नुपर्ने जानकारी दिए। श्रेष्ठका अनुसार रिपोर्ट नेगेटिभ आयो भने तुरुन्त डिस्चार्ज गरिन्छ। पोजेटिभ रिपोर्ट आयो भने १५ दिनसम्म निगरानीमै राख्नुपर्ने हुन्छ । एयरपोर्टमा भाइरस प्रभावित क्षेत्रबाट आउने मानिसलाई परीक्षण गर्ने व्यवस्था सुरु गरिसकिएको छ ।
प्रवक्ता श्रेष्ठले चीनस्थित नेपाली दूतावास र चारवटा महावाणिज्य दूतावास मार्फत त्यहाँ रहेका नेपालीहरूबारे सूचना लिइरहेको बताएका छन्। राजदूत मार्फत हरेक दिन त्यहाँ भएका नेपालीको अवस्थाबारे रिपोर्ट आइरहेको जानकारी दिएका श्रेष्ठले वुहान नजिकका सहरमा करीब १७७ नेपाली विद्यार्थी रहेको पनि बताए।
अमेरिका, जापान, अस्ट्रेलियाले विद्यार्थी लगिसकेको छ भने भारतले पनि लैजाने तयारी गरिरहेको छ। प्रवक्ता श्रेष्ठका अनुसार दूतावास मार्फत नेपालले पनि विद्यार्थी लाँदा हुन्छ भन्ने जानकारी आएको तर यो विषय मन्त्रालयको भन्दा पनि नेपाल सरकारको रहेको समाचार आजको गोरखापत्र दैनिकमा छ।
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या २१३ नाघिसकेको छ। नौ हजार मानिस सङ्क्रमित भएका छन् । इटालीमा पनि कोरोना भाइरसको पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमण हुने देशको सङ्ख्या २४ पुगेको छ।
कोरोना भाइरसको प्रकोपको उद्गमविन्दु रहेको वुहान चीनको आधुनिक र व्यवस्थित शहर हो। त्यो शहरमा बाहिर जान र बाहिरबाट त्यस शहरको प्रवेशमा रोक लगाइएको छ।