काठमाडौं। लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन शुरू गरेको छ।
उक्त आयोजनाले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट विद्युत मिजुरेडाँडा सवस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।
रुदीखोला–बी जलविद्युत आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा रहेको छ।
निजी क्षेत्रको लगानी रहेको बिन्दवासिनी हाइड्रो पावर कम्पनीले रुदीखोला–बी जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हो।
१५ दिनसम्म परीक्षणका रूपमा विद्युत उत्पादन हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए। उक्त आयोजना निर्माणको लागि प्रतिमेगावाट १८ करोड खर्च भएको छ।
बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला–ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ। सोही कम्पनीले ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनामा पनि निर्माण गरिरहेको छ।
" /> काठमाडौं। लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत उत्पादन शुरू गरेको छ।उक्त आयोजनाले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट विद्युत मिजुरेडाँडा सवस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

">