बाजुरा। बाजुरा जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा १७ माघमा दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो।
साप्पाटा फयालगाउँकी गीताले घरमै बच्चा जन्माएको र स्वास्थ्य संस्थामा नगएकाले उच्च रक्तश्राव भएका कारण गाउँको स्वास्थ्यचौकीमा उपचार हुन नसक्ने भएपछि हेलिकोप्टरमार्फत नेपालगञ्ज उपचारका लागि लगिएको जिल्ला अस्पतालका प्रमुख रुपचन्द्र विश्वकर्माले बताए।
चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उनको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।
त्यसैगरी, सिर्जनालाई १५ माघदेखि सुत्केरी ब्यथा लागेको र पहिलो पहिलो पटक गर्भवती भएकाले पाठेघरको मुख नखोलिँदा समस्या भएका कारण हेलिकोप्टरमार्फत उद्धार नेपालगञ्जस्थित कोहलपुर मेडिकल कलेजमा लगिएकोगोत्री सामुदायिक स्वास्थ्य एकाइका प्रमुख अमर बुढाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयमा खबर पाइसकेपछि प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने र जिल्ला अस्पतालका प्रमुख डा। विश्वकर्माको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा दुवै सुत्केरीको उद्धार गरिएको जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले बताए।
स्वामीकार्तिकका अध्यक्ष चीरञ्जीवी शाही र जगन्नाथका अध्यक्ष कालीबहादुरले खबर गरेलगत्तै आफूले मन्त्रालयमा फोन गरेको र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तत्कालै नेपाली सेनाको हेलिकोप्टर पठाएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए।
" /> बाजुरा। बाजुरा जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा १७ माघमा दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको हो।चौथो सन्तानका रूपमा छोराको जन्मदिएकी उनको अत्यधिक रक्तश्रावका कारण आमा र छोराको ज्यान जोखिममा परेको थियो ।

">