काठमाडौं। चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याउन लागिएको छ।
हुवेइ प्रान्तमा रहेका नेपालीहरू विवरण संकलन गर्ने उद्देश्यले चीनको बेइजिङस्थित नेपाली दूतावासले आज एक जरूरी सूचना प्रकाशन गरेर नेपाल फर्कन चाहनेहरूलाई फारम भर्न भनेको छ।
“नेपाल सरकारले चीनको हुबेइ प्रान्तमा रहेका नेपालीहरुलाई उद्धार गर्ने निर्णय गरेको छ। त्यसका लागि जहाज चार्टर्ड भइरहेको छ”, दूतावासले जारी गरेको सूचनामा भनिएको छ, “त्यसका लागि फर्म भर्न हुवेइमा रहेका सबै नेपालीलाई सूचित गरिन्छ।”
फाराम भरेका बाहेक अन्यलाई नेपाल नपठाउने भएकाले सबैलाई फारम भर्न सूचना जारी भएको दूतावासले जनाएको छ।
१९ माघको बिहान ९ बजेसम्म फारम भर्ने म्याद तोकिएको र फारम भर्नेको संख्या हेरेर जहाज चार्टर गरिने सूचनामा उल्लेख छ।
वी च्याटलगायतका सामाजिक सञ्जालमा आएका अन्य सूचनाले अफवाह फैलाउन सक्ने भएको तथा दूतावासको सूचना नै आधिकारिक भएकाले त्यसैअनुसार गर्न पनि सूचनामा भनिएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आजै चीनमा रहेको नेपालहरूको उद्धारको लागि नेपाल एअरलाइन्स र हिमालयन एअरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको बताएका थिए।
यस्ताे छ दूतावासले जारी गरेकाे सूचना
" /> काठमाडौं। चीनको हुवेइ प्रान्तमा रहेका सबै नेपालीलाई जहाज चार्टर गरेर नेपाल ल्याउन लागिएको छ।

">