भारतले नेपाललाई यो वर्ष पौने १३ अर्ब अनुदान दिने
काठमाडौं। भारतले वार्षिक रूपमा नेपाललाई दिँदै आएको अनुदान रकम यो वर्ष घटाएको छ।

१८ माघमा भारत सरकारले आर्थिक वर्ष सन् २०२०/२१ का लागि सार्वजनिक गरेको बजेटमा नेपाललाई आठ अर्ब भारु (१२ अर्ब ८० करोड रूपैयाँ) अनुदान दिने उल्लेख गरेको छ।

जुन गत आर्थिक वर्षको भन्दा ३३ दशमलव ३३ प्रतिशतले कम हो।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले आव २०२०/२१ को बजेट प्रस्तुत गर्दै नेपाललाई यो रकम अनुदान दिने घोषणा गरेकी हुन्।

भारतले आव २०१९/२० मा नेपाललाई १९ अर्ब २० करोड (१२ अर्ब भारु) अनुदान दिएको थियो।

त्यस्तै २०१८/१९ मा १२ अर्ब २१ करोड रूपैयाँ (सात अर्ब ६३ करोड भारु) अनुदान दिएको थियो।

भारतले यसरी नेपाललाई दिने यो अनुदान उसले दिने अन्य अनुदान रकमभन्दा छुट्टै हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक खर्ब भारु अनुदानलगायतका अनुदानमा यसमा समावेश नहुने आजको आर्थिक अभियानले समाचार लेखेको छ।

भारतले नेपाल, मोरिसस, माल्दिभ्स र श्रीलंकालाई दिने अनुदानमा कटौती गरेको छ भने भुटान, बंगलादेश र मंगोलियाको अनुदान बढाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्