काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले देशभक्ति र सदाचारमा कहिल्यै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन्।
आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण पक्ष नै देशभक्ति र सदाचार रहेकाले आफूले त्यसमा कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताएका हुन्।
उनले लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण व्यवस्थापिका संसदको महत्वपूर्ण कार्य भएकाले त्यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताए।
‘‘अहिले हाम्रो राष्ट्रको कार्यभारको कुरा गर्दा सबैभन्दा महत्वपूर्ण थलो जननिर्वाचित सर्वोच्च संस्था व्यवस्थापिका सदन, त्यसको मुख्य कार्यभार भनेकै लोकतन्त्रको विकास, विस्तार र सुदृढिकरण हो भन्ने मलाई लाग्छ”, उनले भने, “कुनै समस्या छन् भने पनि त्यसको विकास, विस्तार र सुदृढिकरण गरेर नै हामी समस्याको समाधान गर्न सक्छौं।’’
उनले संसदलाई प्रभावकारी बनाउन सबै सांसदहरूको सहयोगको अपेक्षा गरेको बताए।
बैठकमा सांसद माधवकुमार नेपालले आन्दोलनका अनेक जटिलताहरूलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पुर्याउन भूमिका खेलेका व्यक्ति सभामुख बनेको भन्दै शुभकामना व्यक्त गरे।
‘‘आन्दोलनका अनेक जटिलताहरूलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पुर्याउनका लागि भूमिका खेल्नुभएको छ। जसले यो पदको गरिमा र महत्वलाई राम्ररी महसुस गर्नुभएको छ”, नेपालले भने, “उहाँ निर्वाचित हुने विषयमा प्रतिपक्षको समेत पनि विरोध रहेन, यो खुशीको कुरा हो। यो उहाँको व्यक्तित्वको सम्मान पनि हो। उहाँको भूमिकाप्रतिको आशा अपेक्षा पनि हो।’’
सभामुख सापकोटा यसअघि प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य थिए। समितिले आफ्ना सदस्य सभामुखमा निर्वाचित भएपछि बधाई तथा शुभकामना दिन बैठक बोलाएको थियो।
सांसद दिव्यमणि राजभण्डारीले जनताको सेवा गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति सभामुख चयन भएको भन्दै संसदको गरिमालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गरे।
‘‘छोटो समय भएपनि करीब १८ महीना समितिमा सँगै काम गर्दा विभिन्न पटक अन्तरक्रिया गर्दाखेरी उहाँमा कसरी जनताको सेवा गर्नुपर्छ भन्ने भावना मैले देखेको छु। आफूले देखेको र सोचेको अनुसार अहिले हामी चल्न नसकेको कारणले गर्दा कसरी यसलाई चलाउनुपर्छ भन्ने कुरामा सभामुख लाग्नु हुन्छ भन्ने मेरो पूर्ण विश्वास छ।’’
सांसद भीमबहादुर रावलले लोकतान्त्रिक मान्यता र उपलब्धीलाई रक्षा गर्ने र देशलाई समृद्ध बनाउने पक्षमा सभामुखको भूमिका रहने विश्वास व्यक्त गरे।
सभामुख सापकोटा यसअघि प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य थिए। त्यसैले समितिले आफ्ना सदस्य सभामुखमा निर्वाचित भएपछि आज बधाई तथा शुभकामना दिन बैठक बोलाएको थियो।
सापकोटा १२ माघमा सभामुख निर्वाचित भएका थिए।
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले देशभक्ति र सदाचारमा कहिल्यै पनि सम्झौता नगर्ने प्रतिवद्धता जनाएका छन्।आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण पक्ष नै देशभक्ति र सदाचार रहेकाले आफूले त्यसमा कहिल्यै पनि सम्झौता गर्न नसक्ने बताएका हुन्।

">