साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग

साझाले भर्खरै विज्ञप्ति जारी गर्दै महराले राजीनामा दिएर घटनाको सत्य तथ्य छानबिन गर्न सघाउनुपर्ने जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘हालसम्म प्राप्त सूचना र आरोपको गम्भीरतालाई हेर्दा सभामुख महरालाई तुरून्त राजीनामा दिन साझा पार्टी जोडदार माग गर्दछ।’

राजीनामाले घटनाको सत्यतथ्य उजागर गर्न सहयोग पुर्‍याउने मात्रै नभएर प्रतिनिधि सभाको गरिमालाई समेत कायम राख्ने साझा पार्टीले जनाएको छ ।

साझा पार्टीले दोषीलाई प्रचलित कानून बमोजिम सजायको माग पनि गरेको छ ।

पढ्नुहोस्:

सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप