काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किरातीले सञ्चारमन्त्री बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन्।
“सरकारका प्रवक्ताले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जुनसुकै हालतमा पास हुन्छ। चाह्यो भने अमेरिकाले यो देशका नेताहरूलाई सुलेमानी बनाइदिन्छ भन्नुभो। यो अभिव्यक्ति आपत्तिजनक छ”, उनले भने।
राष्ट्रिय स्वाधिनतामाथि आफ्नै सरकारका प्रवक्ता ग्रहण लगाउन खोजेको उनको आरोप छ। सञ्चारमन्त्रीको अभिव्यक्ति लेण्डुप दोर्जे प्रवृतिको भएको भन्दै उनले आपत्ति समेत जनाए। “लेण्डुप दोर्जे प्रवृति, आत्मसमर्पण प्रवृतिकोविरुद्धमा आपत्ति प्रकट गर्न चाहान्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु” उनले भने।
सरकारका प्रवक्ता बाँस्कोटाले एमसीसीको विषयमा १५ माघमा गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, “अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ। नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन। अस्ति इरानमा देख्नुभएन कसलाई हानेको? चाह्यो भने सुलेमानी बनाइदिन्छ।”
अर्का सांसद नारदमुनि रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए।
सांसद भीम रावलले एमसीसीको विषयलाई धेरैले प्रतिष्ठाको विषय बनाएर राष्ट्रहित र स्वार्थभन्दा नीजि धारणा राख्ने गरेको बताए। राष्ट्रिय हितमा हुनेगरी अगाडि बढ्नुपर्ने उल्लेख गर्दै रावलले समितिमा गहन अध्ययनको आवश्यकता औंल्याए।
अर्का सांसद नारदमुनि रानाले चीनमा कोरोना र नेपाल एमसीसीको विषयमा निकै भाइरल भएको बताए। संसदमा समेत दुईथरी अतिवादी विचारहरू सार्वजनिक भइरहेको उनको भनाइ छ।
“एउटा जसरी पनि पारित हुनै पर्छ भन्ने र अर्को पारित हुनुहुँदैन भन्ने अतिवादी शक्तिहरू संसदमा जुहारी खेलिरहेका छन्। राष्ट्रहितमा कसरी लान सकिन्छ। तपाईं (सभामुख)को नेतृत्वमा यसले प्राथमिकता पाओस्”, उनले भने।
समिति सभापति पवित्रा निरौला खरेलले एमसीसीको विषयमा एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताइन्। गम्भिरतापूर्वक छलफल गरी राष्ट्रलाई घात नहुने किसिमले एकतावद्ध भएर पास गर्नुपर्नेमा उनले जोड दिइन्। “पास गर्दा पनि एकतावद्ध गर्नुपर्छ। पास गर्न सकिन्न भनेपनि एकवतावद्ध नै हुनुपर्छ। मत विभाजन गरेर विभाजित हुनुहुँदैन”, उनले भनिन्।
एमसीसीका विषयमा सत्तारुढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरू व्यक्त भइरहेका छन्। जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ।
बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरूको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने हिउँदे अधिवेशनबाट नै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन्।
आजको समिति बैठकले विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन अनुगमन उपसमितिको म्याद पनि दुई महीना थप गरेको छ।
" /> काठमाडौं। सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन्।प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलमा नेकपा सांसद सुदन किरातीले सञ्चारमन्त्री बाँस्कोटाले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राजीनामा माग गरेका हुन्।

">