काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल बनाएको छ।
नेकपा वरिष्ठ नेता झखनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो। समितिमा परराष्ट्रमन्त्री समेत रहेका स्थायी समिति सदस्य प्रदीप ज्ञवाली र स्थायी समितिका अर्का सदस्य भीमबहादुर रावल सदस्य रहेका छन्।
एमसीसीबारे नेकपाभित्र विवाद बढेपछि सुझाव संकलनका लागि कार्यदल गठन गरिएको हो। जारी केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिंदै अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठनबारे घोषणा गरे।
नेकपा नेता रावलले शुरूआतदेखि नै एमसीसीबारे विरोध जनाउँदै आएका छन्। उनले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने, परिमार्जन गरेर मात्रै पारित गर्नुपर्ने बताउँदै आएका छन्।
१५ माघमा केन्द्रीय कमिटी बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित गर्नैपर्ने बताएका थिए। प्रधानमन्त्री ओलीले संसद बैठकमा समेत संसदको हिँउदे अधिवेशनबाट एमसीसी अनुमोदन गराउनुपर्ने बताएका थिए।
नेकपाले बनाएको कार्यदललाई सुझाव संकलन गरी पेश गर्न १० दिनको समय दिइएको छ।