चिकित्सा शिक्षा संघर्ष समितिकाे चारबुँदे माग, पूरा नभए आन्दोलनमा उत्रने

काठमाडौं। चिकित्सा शिक्षा संघर्ष समितिले चारबुँदे माग राख्दै १० दिनकाे अल्टिमेटम दिएको छ।

समितिले प्रेस विज्ञप्ति जारी गर्दै सो अवधिमा पनि मागहरू पूरा नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएको छ।

समितिले काठमाडौं युनिभर्सिटी अन्तर्गतका विद्यार्थीबाट अतिरिक्त रकम असुलेको विषयमा अनुसन्धान गरी विद्यार्थीलाई न्याय दिनुपर्ने जनाएको छ।

त्यस्तै आफ्नो अधिकारका लागि लड्दै गर्दा गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज र युनिभर्सल कलेजका प्रथम र द्वितीय वर्षका विद्यार्थीहरूले दिन पाएको वार्षिक परीक्षाको वातावरण मिलाउनुपर्ने जनाएको छ।

तेस्रो र चौथो वर्षका विद्यार्थीबाट असुल गरिएको अतिरिक्त शुल्क छिटो फिर्ता गर्नुपर्ने र प्रवेश परीक्षाको तयारी गरिरहेका सम्पूर्ण विद्यार्थीहरूलाई पाठ्यक्रमको अन्योलताबाट निकाल्दै यथाशीघ्र पाठ्यक्रम प्रकाशिन गर्नुपर्ने संघर्ष समितिले माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्