काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनमा रहेका नेपालीहरूको उद्धार शुरू गरिएको जनाएका छन्।
कोरोना भाइरसबाट संक्रमित हुन सक्ने भन्दै उनीहरूको उद्धार थालिएको प्रधानमन्त्री ओलीले जानकारी दिए।
नेकपा अध्यक्ष समेत रहेका ओलीले नेकपाको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्धार गरी ल्याइने नेपालीहरूलाई सुरक्षित स्थान राख्ने व्यवस्था समेत मिलाएको बताए।
उनले चीनको हुबेई प्रन्तमा रहेका नेपालीहरुको उद्धार थालेको र वुहानमा रहेका नेपालीको पनि उद्धारको तयारी गरिएको बताए।
सरकारले चीनबाट नेपालीलाई सुरक्षित रूपमा ल्याउने र सुरक्षित ठाउँमा राख्ने व्यवस्था मिलाएको प्रधानमन्त्री ओलीले बताए।
कोरोना भाइरसका कारण त्रसित नहुन आग्रह गर्दै सजगता अपनाउन सुझाव दिए। प्रधानमन्त्री ओलीले माक्सको कमी हुन नदिन उत्पादन बढाउन थालिसकिएको पनि बताए। प्रधानमन्त्री ओलीका अनुसार दैनिक तीन हजार उत्पादन भइरहेको माक्सलाई नौ हजार पुर्याइनेछ।
यस्तै, प्रधानमन्त्री ओलीले देशमा भ्रष्टाचार नबढेको समेत बताएका छन्। भ्रष्टाचार नियन्त्रण भइरहेको उनको दाबी छ।
सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टाचारमा मुछिन नहुने समेत ओलीले बताए। यसका लागि पार्टीले सहयोग र निर्देशन दिनुपर्ने ओलीको भनाइ छ।