काठमाडौं। तपाईं मांसाहारी हुनुहुन्छ? हो भने सुखद् खबर छैन। बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ।
ह्याचरी व्यवसायीहरूले एक महीनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महीना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको हो।
अघिल्लो महीना नेपाल ह्याचरी उद्योग संघले मासुको मूल्य बढाउने लक्ष्यसहित १० दिने हड्ताल गरेको थियो। त्यसक्रममा देशभर करीब ३० लाख चल्ला नष्ट गरेको थियो।
संघले २९ मंसीरदेखि ८ पुससम्म गरेको देशव्यापी हड्तालमा व्यवसायीहरूले ४५ करोड मूल्य बराबरको अण्डासमेत नष्ट गरेको थियो। आन्दोलन लगत्तैदेखि मासुको मूल्य बढ्न थालेको थियो।
५०० पुग्यो चिनियाँ लसुन
चिन्ता मांसाहारीलाई मात्र छैन। शाकाहारीको भान्सा पनि उसैगरी महंगो भएको छ।
एउटा उदाहरण हेरौं– लसुन।
नेपालमा मागअनुसारको उत्पादन नहुने हुँदा चीनबाट लसुन आयात हुन्छ। चीनबाट आयात हुने लसुनको मूल्यले नेपालमै उत्पादन हुने कुखुराको मासुलाई समेत उछिनेको छ। चिनियाँ लसुनको मूल्य बजारमा ५०० रूपैयाँ प्रतिकेजी पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।
लसुनले पछिल्लो दुई साताको अवधिमा कुखुरालाई पछि पार्दै नयाँ कीर्तिमान कायम गरेको हो। लसुनको प्रतिकेजी ५०० रूपैयाँ मूल्य अहिलेसम्मकै उच्च हो।
दुई साताअघिसम्म लसुनको मूल्य प्रतिकेजी २५० देखि ३०० रूपैयाँ थियो।
चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द हुँदा लसुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्। नाका बन्द रहेकाले लसुन आयात गर्न नसकिएको व्यवसायीको भनाइ छ।
लगातारको हिमपातका कारण बन्द रहँदै आएको नाका चीनमा महामारी बनेको कोरोना भाइरस संक्रमणका कारण थप १५ दिनलाई बन्द गरिएको छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले लसुनको मूल्य मात्र नभई पछिल्लो समय अधिकांश वस्तुको मूल्य निकै बढेको बताए। यसले गर्दा नेपालीको भान्सा नै महंगिएको उनको भनाइ छ।
केही समयअघि अदुवाको मूल्य बढेको उल्लेख गर्दै कटुवालले भने, “उत्पादन गर्न सक्ने युवा विदेशिएकाले र नेपालीको भान्सा आयातित वस्तुले निर्भर रहेकाले यस्तो भएको हो।”
सुकेको चिनियाँ लसुनको मूल्य बढिरहँदा हरियो लसुनको मूल्य भने स्थिर छ। आज यसको अधिकतम मूल्य १३० रूपैयाँ छ।
प्याज भने घट्यो
नेपालीको भान्सालाई लामो समय पिरेको प्याजको मूल्य भने अहिले घटेको छ। केही समयअघि प्रतिकेजी ३०० रूपैयाँभन्दा बढीमा किनबेच भएको प्याज अहिले घटेर १०५ रूपैयाँमा आएको छ।
प्याजमा नेपाल मूलतः भारतीय उत्पादनमा निर्भर छ।
सोहीकारण, भारतमा प्याजको मूल्य घट्दा र बढ्दा त्यसको सोझो असर नेपालमा पर्छ। भारतमा प्याजको उत्पादन घटेपछि त्यहाँको केन्द्र सरकारले निर्यात गर्न नपाउने व्यवस्था गरेको थियो।
लगत्तै नेपाली बजारमा प्याजको अभाव देखाएर व्यवसायीले यसको मूल्यमा ठूलो चलखेल गरेका थिए।
" /> काठमाडौं। तपाईं मांसाहारी हुनुहुन्छ? हो भने सुखद् खबर छैन। बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य आकासिएको छ। हाल खुद्रा बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी ४०५ रूपैयाँभन्दा माथि पुगेको छ।ह्याचरी व्यवसायीहरूले एक महीनासम्म गरेको हड्तालका कारण बजारमा मासुको मूल्य आकासिएको हो। एक महीना अघिसम्म प्रतिकेजी २५० रूपैयाँमा किनबेच भइरहेको मासु अहिले ४०५ रूपैयाँ नाघेको हो।

">