काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्रताका विषयमा हस्तक्षेप गरे पनि दिगो विकासका लागि गर्नुपर्ने काममा भने हस्तक्षेप गर्न नसकेको बताएका छन्।
सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) ले आयोजना गरेको ‘दिगो पूर्वाधार विकास राजनीति, अर्थतन्त्र र वातावरण’ विषयक दुई दिने सम्मेलनको आज उद्घाटन कार्यक्रममा उनले सुरक्षित सडक निर्माणका लागि भने सरकारले हस्तक्षेप गर्न नसकेको बताए।
“सकारात्मक प्रभाव पार्ने विषयमा हस्तक्षेप नगरी नागरिकका स्वतन्त्रता खोस्न मात्र हस्तक्षेप हुन थालेको छ, सही तरीकाले सडक निर्माण हुन नसक्दा जनता सबै इञ्जिनीयर बनेका छन्, पाखा पहाड जताततै प्राविधिक अध्ययनबिना डोजर लगाएर सडक बनाउँदा दुर्घटना बढेको छ”, प्रमुख प्रतिपक्षी दलको नेतासमेत रहेका देउवाले भने।
इञ्जिनीयर राष्ट्रनिर्माता भएकाले सडक, पुलजस्ता पूर्वाधार निर्माण गर्दा सुरक्षित तरिकाले बनाउन लाग्नुपर्ने देउवाको सुझाव छ। कर्णाली राजमार्गमा बढी दुर्घटना हुने गरेकाले सुरक्षित बनाउन ध्यान दिनुपर्ने, काठमाडौंका सडकमा खन्दै पाइप बिच्छ्याउँदै कहिलेसम्म गर्ने भन्ने निश्चित गर्न पनि कांग्रेस सभापति देउवाले माग गरे।
कांग्रेस उपसभापति विमलेन्द्र निधिले भौगोलिक विविधतालाई ध्यान नदिई पूर्वाधार विकासको डिजाइन गर्न नसकिने भएकाले यसतर्फ प्राविधिक केन्द्रित हुनुपर्ने बताए। देश विकासका लागि भौतिक र राजनीतिक पूर्वाधार आवश्यक पर्ने उनको भनाइ छ।
कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले राजनीतिज्ञ र प्राविधिककाबीच अन्तरक्रिया शुरू भएकाले दिगो र वातावरणमैत्री पूर्वाधार विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। हिमाल, पहाड र तराईलगायत भौगोलिक विविधतालाई अवसरका रूपमा परिणत गरिनुपर्ने उल्लेख गरे।
पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ‘प्रोपोगान्डा’ मच्चाएर एक वर्षमा २० लाख पर्यटक भित्र्याउने भने पनि खराब पूर्वाधारका कारण एक महीनाको अवस्था हेर्दा लक्ष्य पूरा नहुने देखिएको बताए।
२० माघसम्म चल्ने सम्मेलनमा सात प्रदेश र ७७ जिल्लाका गरी २५० भन्दा बढी इञ्जिनीयरको सहभागिता रहेको सिडेनका उपमहासचिव भूपेन्द्र श्रेष्ठले बताए। रासस