गृह मन्त्रालयले गर्यो १७ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

काठमाडौं। गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओसहित) ३२ जना कर्मचारीको सरुवा भएको छ।

गृहले मन्त्रीस्तरिय निर्णअनुसार आज १६ जना सहसचिव र १५ जना उपसचिवसको सरुवा गरेको हो। मन्त्रालयले १५ जना सहसचिवलाई सिडिओको जिम्मेवारी दिएको छ।

झापा र मोरङ जिल्लाका कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीलाई पनि प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएर पठाइएको छ।

मोरङका सहायक सिडिओ सुरेश सुनारलाई डोल्पा र झापाका सहायक सिडिओ कुमार प्रसाद निरौलालाई मुगुको प्रमुख जिल्ला अधिकारीका रूपमा काज सरुवा गरिएको छ।

सुनार मोरङ सरुवा हुनुअघि बझाङ जिल्लाको सिडिओ थिए। त्यहाँ उनले ‘डोजर आतंक’ बन्द गराएका थिए। जसबाट स्थानीय राजनीतिक नेतृत्व र डोजर मालिक असन्तुष्ट बनेका थिए।

तर, स्थानीयले भने सुनारलाई सरुवापछि बाजागाजासहित विदाइ गरेका थिए।

हेर्नुहोस् सरुवा सूची

प्रतिक्रिया दिनुहोस्