काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति विस्तार गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाद्वारा गठित संघको केन्द्रीय समितिमा दुईजना उपसभापति र पाँचजना महामन्त्री मनोनयन गरिएको हो।
नेविसंघ केन्द्रीय कार्यसमितिको उपसभापतिमा तुलसा पन्त (झापा) र मुक्तिराज पौडेल (रूपन्देही) लाई मनोनयन गरिएको छ।
त्यस्तै मनोनित महामन्त्रीहरूमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङ्जा) रहेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सभापति देउवाले १६ माघमा राजीव ढुंगानाको अध्यक्षतामा दुई महामन्त्रीसहित तीन सदस्यीय नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेका थिए। रासस
" /> काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति विस्तार गरिएको छ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सभापति शेरबहादुर देउवाद्वारा गठित संघको केन्द्रीय समितिमा दुईजना उपसभापति र पाँचजना महामन्त्री मनोनयन गरिएको हो।

">