जमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

बाँके। कोरोना भाइरसको संक्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल-भारत सीमा जमुनाहा नाकामा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ।

सो नाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने नेपालगंज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले बताए।

डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ।

विशेष गरी ज्वरो आएका, रुघाखोकी लागेका र शंकास्पद व्यक्तिको स्वास्थ्य परीक्षण गरिने छ।

यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्